IME Life New

भेनेजुएलाका राष्ट्रपतिको विमान अवैध रुपमा किनिएको दाबी, अमेरिकाले लियो कब्जामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान अवैध रुपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रुपमा देशबाट बाहिरिएको भन्दै कब्जा गरेको छ।

अमेरिकी न्याय विभागका अनुसार फाल्कन ९०० ईएक्स विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिइएको थियो र पछि अमेरिकाको फ्लोरिडामा उडाइएको थियो। यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन। ट्रयाकिङ डाटाले देखाउँछ कि यो राजधानी सान्टो डोमिंगो नजिकैको एयरपोर्टबाट उडान पछि सोमबार फ्लोरिडा पुगेको थियो।

Esewa
Crest

भेनेजुएलाले कब्जाको विरोध गरेको छ र यसलाई ‘डकैती’को कार्य भनेको छ। एक विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षतिको क्षतिपूर्तिको लागि कानुनी कारबाही गर्ने अधिकार रहेको जनाएको छ।

अमेरिकी अधिकारीहरुले उक्त विमानलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको बताएका छन्। उनीहरुका अनुसार मदुरोसँग सम्बन्धित व्यक्तिहरुले २००२–२०२३ को बीचमा अवैध विमान खरिदका लागि क्यारेबियन शेल कम्पनीको सहयोग लिएको अनुसन्धानबाट पत्ता लागेको छ।

विमान किनेको कम्पनी फ्लोरिडाको हो। यो विमान अप्रिल २०२३ मा अवैध रुपमा भेनेजुएला ल्याइएको थियो।

मदुरोले जुलाईमा फेरि आम चुनाव जित्दा पश्चिमी देशहरुसँग तनाव बढेको छ। अमेरिकाले यो चुनाव धाँधली भएको जनाएको छ।

अमेरिकी संघीय एजेन्सीहरुले मदुरोमाथि भ्रष्टाचारको आरोप लगाएको यो पहिलोपटक होइन। सन् २०२० मा अमेरिकी न्याय विभागले मादुरो र अन्य १४ अधिकारीहरुलाई लागूपदार्थ–आतंकवाद, भ्रष्टाचार र लागूपदार्थको तस्करीको आरोप लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयले मादुरोलाई पक्राउ गरी सजाय दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS