IME Life New

भारतमा सामाजिक सुरक्षा बीमा योजनाको बीमाङ्क ५ लाख रूपैयाँ पुर्‍याउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदिप पाैडेलले सस्तो लोकप्रियताका लागि स्वास्थ्य बीमा योजनाको रकम ५ लाख रूपैयाँ पुर्‍याउने घोषणा गरेको भन्दै आलोचना खेपि रहेका छन् । पर्याप्त वित्तीय श्रोत सुनिश्चितता बिना नै मन्त्री पाैडेलले सार्वजनिकरूपमा यस्तो अभिव्यक्ति दिएको भन्दै उनकै दलभित्रबाट पनि आलोचना भएको छ।

छिमेकी मुलुक भारतले भने सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको दुई प्रमुख बीमा योजना- प्रधानमंत्री जीवन ज्योति बीमा योजना र प्रधानमंत्री सुरक्षा बीमा योजनाको बीमाङ्क रकम बढाउने योजना बनाएको छ।

Esewa
Crest

सरकारले महाराष्ट्र, हरियाणा, जम्मु र कश्मीरमा हालको २ लाख भारतीय रूपैयाँबाट ५ लाख रूपैयाँसम्मको जोखिम बहन वृद्धि गर्ने तयारी गरेको अनलाइन समाचार लाइभमिन्टले उल्लेख गरेको छ।

“बीमा सुरक्षामा रहेको संरक्षण अन्तरको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले परिवर्तनहरू विचार गरिँदैछ। उच्च जोखिम बहनले बीमित र आश्रितलाई वित्तीय दायित्व पुरा गर्न आवश्यक रकम प्रदान गर्नेछ। सोच यो छ कि योजनाहरू अन्तर्गत भारू ५ लाखको जोखिम बहनले यो सुरक्षा खाडललाई पर्याप्त रूपमा पुरा गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

हाल जीवन ज्याेती बीमामा २० करोड र सुरक्षा बीमामा ४५ करोड ३६ लाख जनसंख्या आबद्ध छ।

सर्वसाधारणले अतिरिक्त बीमाङ्क लाभका लागि थप बीमाशुल्क रकम भुक्तानी गर्ने वा हाल कायम भारू २ लाख बीमाङ्ककै सुविधा जारी राख्ने विकल्प हुनेछ । सुरक्षा बीमा योजनामा प्रति परिवार सदस्य भारू २० रूपैयाँ र जीवन ज्योती योजनामा प्रति सदस्य भारू ४३६ वार्षिक बीमाशुल्क निर्धारण गरिएको छ।

यी दुबै बीमा योजना सन् २०१५ देखि शुरू गरिएको हो । जीवन ज्योती बीमामा कुनै पनि कारणले बीमितको निधन भएमा बीमाङ्क रकम क्षतिपूर्ती प्रदान गरिन्छ। सुरक्षा बीमा योजनाले बीमितको आकस्मिक मृत्यु वा अपाङ्गताको अवस्थामा क्षतिपूर्ती प्रदान गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS