IME Life New

बीमितको प्रिमियमबापतको रकम झ्वाम पार्ने अभिकर्तालाई साढे ३ महिना जेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङको अदालतले बीमितको प्रिमियमबापतको रकम झ्वाम पार्ने एक अभिकर्तालाई साढे ३ महिना जेल सजाय सुनाएको छ।

बीमितको प्रिमियमबापतको रकम बीमा कम्पनीमा नबुझाएर आफैँले अपचलन गरेको मुद्दामा दोषी ठहर गर्दै अदालतले ती अभिकर्तालाई ३ महिना २ हप्ता जेल सजाय सुनाएको हो। ती अभिकर्तालाई बीमितलाई क्षतिपूर्तिबापत दुरुपयोग गरेको रकमबराबरको पैसा फिर्ता गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले हङकङ बीमा प्राधिकरण (एचकेआईए)लाई पनि सचेत गराएको छ।

Esewa
Crest

सन् २०२० मा ती अभिकर्तालाई ग्राहक (बीमित)ले पोलिसी नवीकरणका लागि ७ हजार ६९३ अमेरिकी डलर नगद बुझाएका थिए। तर, ती अभिकर्ताले उक्त रकम बीमा कम्पनीमा नबुझाई आफैँले अपचलन गरेका थिए। फलस्वरुप सन् २०२१ मा ती ग्राहकको पोलिसी ल्याप्स भएको थियो।

पोलिसी ल्याप्स भएको थाहा पाएपछि पीडित बीमितले प्रहरी र बीमा नियामकमा ती अभिकर्ताविरुद्ध उजुरी दर्ता गरेका थिए। त्यसपछि ती अभिकर्तालाई पक्राउ गरी प्रहरीले ठगी मुद्दा अदालतमा दायर गरेको थियो। मुद्दाको सुनुवाइ गर्दै अदालतले ती अभिकर्तालाई दोषी ठहर गर्दै सजायको फैसला सुनाएको हो।

यसैबीच हङकङको बीमा नियामकले बीमितहरुलाई सचेत गराएको छ। उसले पोलिसी खरिद गर्दा वा नवीकरण बीमा कम्पनीले तोकेको अफिसियल च्यानलबाट मात्र कारोबार गर्न आग्रह गरेको छ। यसो गरेमा ठगीका घटनाबाट बच्न सकिने उसको भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS