IME Life New

बीमा प्राधिकरणका सञ्चालक ओलीको सम्मान सहित बिदाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समिति सदस्य कपिल देव ओलीको दोश्रो कार्यकाल पुरा भएपछि प्राधिकरणले बिदाई गरेको छ। प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राधिकरणका निर्देशक लगायतका कर्मचारीले सम्मानसहित ओलीको बिदाई गरेका हुन् ।

उनको दोश्रो कार्यकाल औपचारिकरूपमा सोमबार देखि सकिने भएपनि सार्वजनिक बिदा परेकाले प्राधिकरणले आइतबार बिदाई गरेको हो। अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पुर्‍याउनुभएको योगदान प्रशंसनीय रहेको बताए । प्राधिकरणको सञ्चालक समिति सदस्य मध्ये बीमा उद्योगका सम्बन्धमा उनी सबैभन्दा अनुभवी हुन् ।

Esewa
Crest

बीमा विज्ञका रूपमा सञ्चालक समितिमा रहेर उनले अनवरत दुई कार्यकाल अर्थात् ८ वर्ष नीतिगत तहमा रहेर योगदान दिएका छन् । अभिकर्ता पृष्ठभूमीका ओलीले बीमा अभिकर्ताको अधिकार र सुविधा कटाैती हुने गरी प्राधिकरणले बीमा नियमावली र अन्य प्रावधानहरूमा संशोधनको प्रस्ताव गरिएकोमा सार्वजनिकरूपमा नै असहमति जनाउँदै आएका थिए।

पहिलो पटक २०७२ चैत २ गते विषय विज्ञका रूपमा सञ्चालक नियुक्त भएका उनी २०७७ भाद्रमा थप एक कार्यकालका लागि सञ्चालक समितिमा दोहोरिएका थिए ।  झापा जिल्लाका स्थायी बासिन्दा ओलीले जनप्रशासनमा स्नतकोत्तर तहको अध्ययन समेत पुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS