IME Life New

विदेशी विद्यार्थीलाई स्थायी बसोबासका लागि सिंगापुरले ल्यायो सहज नीति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगापुरले विदेशी विदार्थीलाई स्थायी बसोबास (पीआर)का लागि सहज नीति ल्याएको छ।

सिंगापुरले पीआर नीति लचिलो बनाएको हो। नयाँ नीतिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले सहर क्षेत्रमा स्थाइ बसोबास गर्न कम्तीमा एउटा राष्ट्रिय परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। जसमा पीएसएलई वा जीसीई लेभल रहेका छन्। एकीकृत कार्यक्रमअन्तर्गत पढ्न पुगेका विदेशी विद्यार्थीले पनि पीआरका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

सिंगापुरले पीआर नीतिमा गरेको यो ठूलो बदालव हो। यसअघि विदेशी विद्यार्थी पढाइ पूरा गरेको २ वर्षपछि मात्रै पीआरका लागि आवेदन दिन पाउँथे।

नयाँ नीतिअनुसार १५ वर्ष वा सोभन्दा बढी उमेरका विदेशी विद्यार्थीले ‘सिंगापास’ वा ‘नन–सिंगापास’ विकल्प रोजेजर अध्यागमनमा पीआरका लागि आवेदन दिन सक्छन्।

यसैगरी नयाँ नीतिअनुसार अब विद्यार्थी पुरुष अभिभावकले पनि सिंगापुरमा लामो समय बस्न भिजिट भिसाका लागि आवेदन दिन सक्नेछन्। यसअघि विद्यार्थीमा महिला अभिभावक आमा वा हजुरआमाले मात्रै यस्तो भिसा पाउँथे। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS