IME Life New

कुन देशमा अध्ययन गर्न जाँदा कति पाइन्छ डलर सटही सुविधा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुलुकहरुमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि विदेशी मुद्राको सटहीसम्बन्धी व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले देशअनुसार विदेशी मुद्राको सटही सुविधाको व्यवस्था गरेको छ। विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थी आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्रलगायत सम्बन्धित कागजपत्र संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने रकम विदेशी मुद्रामा भुक्तानी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

Esewa
Crest

विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी निर्वाह खर्चबापत सपोर्टिङ डकुमेन्टका आधारमा सटही सुविधा प्राप्त गर्न सक्दछन् भने सपोर्टिङ डकुमेन्टमा निर्वाह खर्च नखुलेको अवस्थामा तल उल्लेखित सटही सुविधा प्राप्त गर्न सक्छन्।

  • बंगलादेश, पाकिस्तानः २ हजार ५०० अमेरिकी डलर
  • चीन, मलेसिया, थाइल्यान्ड र फिलिपिन्सः ४ हजार अमेरिकी डलर
  • सिंगापुर, दक्षिण कोरियाः ६ हजार अमेरिकी डलर
  • क्यानडा, अमेरिका, अस्ट्रेलिया, युरोप महादेशः ८ हजार अमेरिकी डलर
  • अन्य देशः ५ हजार अमेरिकी डलर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS