काठमाडौं । समृद्धि फाइनान्सले साउन २८ गते सोमबार संस्थाको बनेपा शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा बिभिन्न फलफुल तथा फुलका बोट लगाई सम्पन्न गरिएको हो । साउन पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखाबाट सम्पन्न भइसकेको र श्रावण महिना भित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।