IME Life New

अधिकांश वित्तीय सूचकमा इन्फिनिटी लघुवित्तको उत्कृष्ट प्रदर्शन, आक्रामक व्यापार ग्रोथ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा संस्थाले ६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले ९२ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा ६०१.९४ प्रतिशतको बढोत्तरी भएको छ।

Crest

यो वर्ष संस्थाको सञ्चालन मुनाफा ३५६.५८ प्रतिशतले बढेर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ४ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी २६ करोड ३० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी २९ करोड ६६ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ११.३१ प्रतिशतले घटेको छ।

आव २०८०।८१ मा संस्थाको वितरणयोग्य मुनाफा ३ करोड २२ लाख रुपैयाँ रहेको छ। लाभांश क्षमता ८.६३ प्रतिशत रहेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ५.२९ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ८.१५ प्रतिशत थियो।

चुक्तापुँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ३ करोड २२ लाख रुपैयाँ र रिजर्भमा १७ करोड ५८ लाख रुपैयाँ छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ६ लाख ६६ हजार रुपैयाँ र रिजर्भमा १६ करोड ९७ लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र रिजर्भ दुवैको आकार बढेको छ।

समीक्षा वर्षमा संस्थाले ३ अर्ब २८ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले २ अर्ब ५० करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यसले संस्था व्यापार ग्रोथमा आक्रमण ढंगले अगाडि बढेको छ।

समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १३.१२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १.८७ रुपैयाँ थियो। पीई रेसियो ९१.१५ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १४१.८४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS