IME Life New

भारतीय गभर्नरको चिन्ताः जनताले शेयर र म्युचुअल फन्डमा पैसा लगाउँदा बैंकहरु बर्बाद हुने अवस्थामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई)ले हालै गरेको रिचर्सबाट भारतका बैंकहरुको कर्जा प्रवाह निकै बढेको छ। जब कि निक्षेप संकलन कर्जा प्रवाहको तुलनामा निकै कम बढेको छ।

जनता बैंकमा पैसा जम्मा गर्नुको सट्टा शेयर बजार र म्युचुअल फन्डमा लगानी गरिरहेको आरबीआईको प्रतिवेदनमा उल्लेख छ। अहिले १ महिनामै म्युचुअल फन्डमा भारु २१ हजार करोडसम्म लगानी भएको आरबीआईले जनाएको छ।

Esewa
Crest

आरबीआईका गभर्नर शक्तिशान्त दासले यस विषयमा चिन्ता जाहेर गरेका छन्। उनले आरबीआईको एमपीसी मिटिङमा खुद्रा पैसा अन्य लगानीका क्षेत्रमा जानुले देशका बैंकहरु बर्बाद हुन सक्ने चेतावनी दिएका छन्। ‘यसरी जनताको पैसा शेयर बजार र म्युचुअल फन्डमा लगानी हुँदा बैंकको स्ट्रक्चरल समस्या आउन सक्छ’, उनले भनेका छन्।

खुद्रा ग्राहकसँग लगानीको वैकल्पिक मार्ग थुप्रै रहँदा बैंकको फन्डिङ मोर्चमा चुनौतीहरु आउने दासको भनाइ छ। ‘यही कारणले बैंकहरुको कर्जा प्रवाहको तुलना निक्षेप निकै कम हुँदै गएको छ’, उनले भने।

निक्षेप सोचेजस्तो नबढ्दा बैंकहरुमा बढ्दो ऋणको माग पूरा गर्न सर्ट र्टम ननरिटेल डिपोजिट र लाइबिलिटी र अन्य साधनको सहारा धेरै लिनुपर्ने अवस्था आइरहेको दासले बताए। उनले बैंकहरुलाई घरेलु वित्तीय बचत जुटाउनमा ध्यान दिन पनि आग्रह गरे।

हाल भारतीय शेयर बजारमा लगानीकर्ता आकर्षण निकै बढेको छ। मानिसहरु आफ्नो बचतको पैसा अधिक प्रतिफल पाउने आशामा म्युचुअल फन्ड, बीमा फन्ड र पेन्सन फन्डमा लगाइरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS