IME Life New

एनआईसी एसियाका ५ वटै योजनाको लाभांश घोषणा, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ५ वटा योजनाको लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८०।८१ का लागि ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। जसअन्तर्गत इकाइधनीहरुलाई करसहित एनआईसी एसिया सेलेक्ट–३० मा १४ प्रतिशतले हुन आउने १७ करोड ५० लाख रुपैयाँ, फलेक्सी क्याप फन्डमा १०.५ प्रतिशतले हुन आउने १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फन्डमा १० प्रतिशत, ग्रोथ फन्डमा ९.५ प्रतिशतले हुन आउने ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्स्ड फन्डमा ९.२५ प्रतिशतले हुन आउने ६ करोड ९८ लाख ३७ हजार ५०० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।

Esewa
Crest

डाइनामिक डेप्ट फन्डबाहेक अरु ४ वटै म्युचुअल फन्ड बन्दमुखी योजना हुन्।

डाइनामिक डेप्ट फन्ड भने खुलामुखी योजना हो। यो योजनाका लाभांश वितरणार्थ क्यापिटलले आज साउन १७ गते बुक क्लोज गरेको छ। यसको मतलब साउन १६ गतेसम्म कायम इकाइधनीले यो योजनाको लाभांश पाउनेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS