GBIME
IME Life

प्राधिकरणको लगानी निर्देशन मान्न अटेर गर्दै नेपाल लाइफले भन्यो- ‘पूर्वस्वीकृति कुर्नु आवश्यक छैन’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सहायक कम्पनीमा लगानी गर्न नियामकको पूर्वस्वीकृति अनिवार्य नभएको भन्दै नेपाल बीमा प्राधिकरणलाई प्रस्टीकरण दिएको छ।

पूर्वस्वीकृति बिना नै नेपाल लाइफ क्यापिटलमा लगानी गरेको विषयमा नियामक बीमा प्राधिकरणले नेपाल लाइफसँग स्पष्टीकरण मागेको थियो। प्राधिकरणले साउन १० गते नेपाल लाइफसँग लिखित स्पष्टीकरण मागेकोमा लगानीका लागि प्राधिकरणको पूर्वस्वीकृत नै आवश्यक नपर्ने आशयको स्पष्टीकरण नेपाल लाइफले पेस गरेको हो।

SKYWELL
Crest

नेपाल लाइफले प्राधिकरणलाई लेखेको स्पष्टीकरणको सारांश यस्तो छ, ‘२०८१ असार १७ गते लगानीका लागि पूर्वस्वीकृति माग गरेकोमा हकप्रद शेयर लगानी गर्ने अन्तिम मिति असार २५ गतेसम्म पनि स्वीकृति नपाएपछि ५१ प्रतिशत शेयर स्वामित्व कायम राख्नका लागि ५० प्रतिशत रकम अग्रिम भुक्तानी गरी हकप्रद शेयर खरिद गरिएको हो।’ अर्थात् नियामकले स्वीकृति नदिए पनि नेपाल लाइफले सर्वसाधारणबाट बीमाशुल्क र पुँजीबापत संकलित रकम आफूखुसी लगानी गर्न सक्छ।

नेपाल लाइफ क्यापिटलले हकप्रद शेयरबापतको रकम जम्मा गर्न संस्थापक शेयरधनीहरुलाई गत जेठ २५ गते नै सार्वजनिक सूचनामार्फत आह्वान गरेको थियो। हकप्रद शेयर निष्कासनको निर्णय र सो सम्बन्धमा सार्वजनिक सूचना प्रकाशन गरेको २४ दिनपछि बल्ल नेपाल लाइफका तर्फबाट हकप्रद शेयरबापत थप पुँजी लगानी गर्न बीमा प्राधिकरणमा निवेदन पेस गरिएको थियो। प्राधिकरणले थप पुँजी लगानी प्रस्तावबारे अध्ययन गरेर निर्णय लिन पर्याप्त समय उपलब्ध नहुने गरी सूचनाको म्याद सकिन जम्मा ९ दिन बाँकी रहँदा नेपाल लाइफका तर्फबाट प्राधिकरणमा निवेदन दिएको प्रस्ट हुन्छ।

‘निरन्तर घाटामा रहेको कम्पनीमा थप लगानी गर्नु जोखिमयुक्त हुन सक्छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा लगानी थप्नुपर्ने पर्याप्त आधार र चित्तबुझ्दो कारणको अभावमा लगानीमात्र थप गर्न प्राधिकरणले स्वीकृति नदिन सक्छ।’

‘पब्लिकको पैसा बीमकको सञ्चालकले जथाभावी लगानी गर्ने हो भने नियामकको हैसियतमा प्राधिकरणको के भूमिका ?’, ती अधिकारीले प्रश्न गरे।

क्यापिटलमा अवैध लगानीबारे नेपाल लाइफसँग प्राधिकरणले माग्यो स्पष्टीकरण, कस्तो कारबाही होला ?

नेपाल लाइफको सञ्चालक र व्यवस्थापन समितिले प्राधिकरणको पूर्वस्वीकृति नै नलिई नेपाल लाइफ क्यापिटलको ५० प्रतिशत हकप्रद शेयर खरिद गर्नका लागि ७ करोड ६४ लाख ७४ हजार ५०० रुपैयाँ थप लगानी गरेको छ। क्यापिटलमा ५१ प्रतिशत शेयर स्वामित्व धारण गरेको नेपाल लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख ६४ हजार ७४५ कित्ता हकप्रद शेयर खरिद गरेको हो।

बीमा प्राधिकरणले जारी गरेको जीवन बीमकको लगानी निर्देशक २०७९ (दोस्रो संशोधन)को प्रावधानअनुसार सहायक कम्पनीमा लगानी गर्नुपूर्व बीमकले अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ। प्राधिकरणको निर्देशनलाई नेपाल लाइफको सञ्चालक समिति र व्यवस्थापनले पटक–पटक अटेर गर्दै आएको छ।

प्राधिकरणको निर्देशनविपरीत सञ्चालक समितिले कर्मचारी विनियमावली लागू गरिसकेको छ। सञ्चालक समितिमा समेत अवैध रुपमा संस्थापक शेयरधनीलाई साधारण शेयरधनीका रुपमा प्रतिनिधित्व गराएको छ।

घाटामा रहेको क्यापिटलमा स्वीकृति नलिई नेपाल लाइफको साढे ७ करोड रूपैयाँ लगानी

नेपाल लाइफले प्राधिकरणको निर्देशन र प्रचलित कानुनी प्रावधानको उल्लंघनको शृंखला र प्राधिकरणका तर्फबाट दिइने उन्मुक्तिको अवस्थाले नियामकको भूमिकामा प्राधिकरण नभएर नेपाल लाइफ उभिएको आभाष समग्र बीमा उद्योगले गर्न थालेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS