IME Life New

क्यापिटलमा अवैध लगानीबारे नेपाल लाइफसँग प्राधिकरणले माग्यो स्पष्टीकरण, कस्तो कारबाही होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक कम्पनी नेपाल लाइफ क्यापिटलमा अवैध रुपमा गरेको लगानीबारे स्पष्टीकरण पठाउन नेपाल लाइफ इन्स्योरेन्सलाई पत्र काटेको छ।

घाटामा रहेको क्यापिटलमा नेपाल लाइफले प्राधिकरणको पूर्वस्वीकृति बिनै हकप्रद शेयरमा लगानी गरेको छ। सोही लगानीबारे चित्तबुझ्दो जबाफ पठाउन प्राधिकरणले नेपाल लाइफलाई ७ दिनको समयसीमा दिएको छ।

Esewa
Crest

नेपाल लाइफको सञ्चालक र व्यवस्थापन समितिले प्राधिकरणको पूर्वस्वीकृति नै नलिई नेपाल लाइफ क्यापिटलको ५० प्रतिशत हकप्रद शेयर खरिद गर्नका लागि ७ करोड ६४ लाख ७४ हजार ५ सय रूपैयाँ थप लगानी गरेको छ।

क्यापिटलमा ५१ प्रतिशत शेयर स्वामित्व धारण गरेको नेपाल लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख ६४ हजार ७४५ कित्ता हकप्रद शेयर खरिद गरेको हो।

बीमा प्राधिकरणले जारी गरेको जीवन बीमकको लगानी निर्देशक २०७९ (दोस्रो संशोधन)को प्रावधानअनुसार सहायक कम्पनीमा लगानी गर्नुपूर्व बीमकले अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ।

क्यापिटलको ४ लाख ३८९ कित्ताबाहेकको हकप्रद शेयर बाँडफाँड भइसक्दासमेत नेपाल लाइफसँग लगानीको पूर्वस्वीकृति छैन। घाटामा रहेको कम्पनीमा लगानी थपेर नेपाल लाइफका बीमितको जीवन बीमा कोषको रकम दुरुपयोग भएको देखिन्छ।

नेपाल लाइफले सुरुआतमा २९ करोड ९९ लाख रुपैयाँ चुक्तापुँजी रहेको क्यापिटलमा १५ करोड २९ लाख ४९ हजार रुपैयाँ लगानी गरेर ५१ प्रतिशत शेयर खरिद गरेको थियो। ५० प्रतिशत हकप्रद शेयरसमेत खरिद गरेपछि क्यापिटलमा नेपाल लाइफको कुल पुँजी लगानी २२ करोड ९४ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ।

बीमा प्राधिकरण स्रोतका अनुसार नेपाल लाइफलाई क्यापिटलमा गरिएको लगानीबारे चित्तबुझ्दो जबाफ पठाउन स्पष्टीकरण सोधिएको छ। ‘चित्तबुझ्दो जबाफ नपठाए नेपाल लाइफमाथि कारबाही हुन्छ’, स्रोतले भन्यो, ‘कस्तो कारबाही हुन्छ भन्नेबारेमा प्राधिकरणको बोर्डले तय गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS