IME Life New

प्रभु क्यापिटलका दुवै म्युचुअल फन्डको न्याभ रु. ११.५ माथि, नाफामा पनि उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको आर्थिक वर्ष २०८०।८१ को असार मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्ध प्रभु बैंक र योजना व्यवस्था प्रभु क्यापिटल रहेका प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो।

प्रभु सेलेक्ट फन्डको असारमा प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेर ११.५ रुपैयाँ कायम भएको छ। जेठमा न्याभ ११ रुपैयाँ थियो।

Esewa
Crest

असारसम्म यो योजनाको कुल लगानी १ अर्ब २५ करोड ४९ लाख रुपैयाँ रहेको छ। जेठसम्म कुल लगानी १ अर्ब २६ करोड ९५ लाख रुपैयाँ थियो।

असारमा यस योजनाको कुल आय १८ करोड १४ लाख रुपैयाँ रहेको छ। जेठमा कुल आय ११ करोड ८८ लाख रुपैयाँ थियो।

यसैगरी प्रभु स्मार्ट फन्डको असारमा प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेर ११.५२ रुपैयाँ कायम भएको छ। जेठमा न्याभ १०.९१ रुपैयाँ थियो।

असारसम्म यो योजनाको कुल लगानी १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ रहेको छ। जेठसम्म कुल लगानी ९९ करोड ५५ लाख रुपैयाँ थियो।

असारमा यस योजनाको कुल आय ९ करोड ९१ लाख रुपैयाँ रहेको छ। जेठमा कुल आय ३ करोड ७८ लाख रुपैयाँ थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS