IME Life New

लघुवित्तका लागि अब वार्षिक कार्ययोजना अनिवार्य, साउनभित्रै राष्ट्र बैंकमा पेस गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले अब वार्षिक कार्ययोजना तयार गरेर नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्नुपर्ने भएको छ।

केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा लघुवित्तले वार्षिक कार्ययोजना तयार गर्नुपर्ने व्यवस्था थप गरेको हो। यसअघि यस्तो व्यवस्था थिएन।

Esewa
Crest

अब लघुवित्त वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षका लागि मौद्रिक नीतिमा उल्लिखित व्यवस्थालाई समेत मध्यनजर गरी निक्षेप दायित्व तथा कर्जा सापटसहितको वार्षिक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई हरेक आर्थिक वर्षको साउन मसान्तभित्र लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागसमक्ष अनिवार्य रुपमा पेस गर्नुपर्नेछ। साथै, उक्त कार्ययोजना कार्यान्वयनको अनुगमनका सम्बन्धमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले त्रैमासिक समीक्षा गरी त्रैमास समाप्त भएको ३५ दिनभित्र सुपरिवेक्षण विभागमा पेस गर्नुपर्नेछ।

राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाको सुपरिवेक्षणका क्रममा सो कार्ययोजनालाई सम्बन्धित लघुवित्त वित्तीय संस्थाको अनुगमनको आधारका रुपमा लिइने व्यवस्था निर्देशनमार्फत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS