IME Life New

कस्तो आउला मौद्रिक नीति ? कुन-कुन क्षेत्रमा राष्ट्र बैंक बन्ला लचिलो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीति आज मध्याह्न १२ः१५ बजे सार्वजनिक गर्ने भएको छ।

बालुवाटारस्थित राष्ट्र बैंकको आफ्नै भवनमा पत्रकार सम्मेलन गरी मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले पढेर सुनाउने छन्। बिहान ८ बजेबाट राष्ट्र बैंकको बोर्ड बैठक सकिएको छ।

Esewa
Crest

मौद्रिक नीतिमा निर्माण क्षेत्रका लागि लचिलो नीति आउने सक्छ। एकातिर सरकारबाट पैसा नपाउँदा र अर्कोतिर बैंकहरुले ऋण तिर्न नसकेर कालोसूचीमा राख्दा निर्माण व्यवसायीहरु संकटमा परेका छन्। कालोसूचीमा परेका कारण कामसमेत गर्न नपाएका निर्माण व्यवसायीहरुलाई कर्जा व्यवस्थापनमा सकस परेको छ।

त्यसैले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीका लागि लचिलो व्यवस्था ल्याइने राष्ट्र बैंक स्रोत बताउँछ। विशेषगरी कालोसूचीको व्यवस्थामा लचिलो नीति आउने स्रोतको भनाइ छ। खराब ऋणमा सतप्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्ने व्यवस्थामा पनि फेरबदल हुन सक्छ।

मौद्रिक नीतिमार्फत निर्माणसँगै पर्यटन र उत्पादन क्षेत्रमा गएको कर्जा असुलीमा राष्ट्र बैंकले लचिलो नीति ल्याउनेछ। स्टिल, सिमेन्टलगायतका उद्योगमा राष्ट्र बैंकले ऋण पुनरसंरचना र पुनरतालिकीकरण व्यवस्था पुनः मौद्रिक नीतिमार्फत ल्याउने तयारी गरेको छ।

घरजग्गा कारोबारलाई सहज बनाउन हाल कायम रहेको अनुपातलाई बढाउने राष्ट्र बैंकको तयारी छ। शेयर धितो कर्जामा क्याप कायम राख्दै हालको सीमालाई बढाइने पनि राष्ट्र बैंक स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS