IME Life New

विश्वका शीर्ष २० बीमकको ६%ले बढ्यो बीमाशुल्क आर्जन, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका शीर्ष २० बीमा कम्पनीको वर्ष २०२३ मा बीमाशुल्क आर्जन बढेको छ। ती २० कम्पनीको अघिल्लो वर्ष २०२२ को तुलनामा बीमाशुल्क आर्जन औसत ६.२ प्रतिशतले बढेको हो।

शीर्ष २० कम्पनीमध्ये १६ वटाको बीमाशुल्क आर्जन बढेको छ भने ४ वटाको घटेको छ। वृद्धि दरका हिसाबले अमेरिकाको प्रोग्रेसिभ अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा वर्ष २०२३ मा यो कम्पनीको बीमाशुल्क १९.१ प्रतिशतले बढेको छ। कम्पनी ५९.९ अर्ब अमेरिकी डलर बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी वृद्धि दरका आधारमा अमेरिकाकै युनाइटेड हेल्थ ग्रुप दोस्रो स्थानमा रहेको छ भने बीमाशुल्क आर्जन गरेको हिसाबले पहिलो स्थानमा रहेको छ। यो कम्पनीको बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा १४.१ प्रतिशतले बढेको छ। कम्पनीले ३६७.५ अर्ब डलर बीमाशुल्क आर्जन गरेको छ।

तेस्रोमा अमेरिकाकै हुमाना रहेको छ। बीमाशुल्क आर्जन १३.९ प्रतिशतले बढेको छ। वर्ष २०२३ मा यो कम्पनीले १०५.३ अर्ब डलर बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS