IME Life New

बीमकका लागि टाउको दुखाइ बन्दै साइबर आक्रमण, रोकथाम गर्न बलियो राणनीति आवश्यक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रलाई अब साइबर आक्रमण सबैभन्दा ठूलो चुनौतीका रुपमा देखिन थालेको छ। प्राकृति विपत्ति र राजनीतिक जोखिमलाई पछि पार्दै अहिले साइबर आक्रमण बढी देखिन थालेको बीमा कम्पनीहरुले बताउन थालेका छन्।

साइबर आक्रमणले विशेषगरी व्यवसायको नतिजामा गम्भीर असर पर्न सक्ने ग्लोबलडाटाका सिनियर इन्स्योरेन्स एनालिस्ट बेन क्यारे इभान्सले विज्ञप्ति जारी गर्दै भनेका छन्। ‘ईयूभित्र जीडीपीआर (२०१६ मा पारित) ले साइबर आक्रमणको सिकार हुने व्यवसायहरुलाई ठूलो जरिवाना गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले कम्पनीको प्रतिष्ठाको ठूलो क्षति पुर्याउन सक्छ। किनकि ग्राहकले विश्वास नगर्ने व्यवसाय प्रयोग गर्दैनन्।’

Esewa
Crest

कोभिड महामारीपछि साइबर आक्रमणका घटना भएको वृद्धिले बीमा कम्पनीहरुलाई सक्रिय जोखिम व्यवस्थापन र बलियो साइबर सुरक्षा रणनीतिको वकालत गर्न दबाब बढाएको इभान्सले उल्लेख गरेका छन्।

ग्लोबलडाटाले हालै गरेको सर्वेक्षणमा एक तिहाइभन्दा बढी उत्तरदाताले आगामी ३ वर्षमा साइबर जोखिम प्रमुख खतरा हुने अनुमान गरेका छन्। विश्वव्यापी रुपमा बीमा कम्पनीहरुले व्यक्तिगत डाटाको बढ्दो मात्रामा भण्डारण गर्ने क्रममा रहेकोले साइबर आक्रमण अझ बढावा दिने आँकलन गरिएको छ। त्यसैले यसको रोकथाम महत्व दिन जोड दिइएको छ।
बीमा कम्पनीहरुले परम्परागत पोलिसीहरुभन्दा बाहिर जानुपर्ने इभान्स बताउँछन्। ‘सक्रिय जोखिम व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै निगरानी र प्रशिक्षणसहित व्यवसायहरुलाई साइबर आक्रमणबाट जोगाउनुपर्छ’, उनले भनेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS