IME Life New

विदेश भ्रमण वा रोजगारीका लागि विदेशी मुद्रा सटहीको के छ व्यवस्था ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विदेश भ्रमण वा रोजगारीका लागि जाँदा नेपालीले राहदानी देखाएर विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले विदेश भ्रमण र रोजगारीका लागि जाँदा विदेशी मुद्रा सटहीमा सीमा तोकेको छ।

हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २ हजार ५०० वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्म एक आर्थिक वर्षमा २ पटकभन्दा नबढ्नेगरी सटही सुविधा प्राप्त गर्न सक्छन्। यस्तो सटही सुविधा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ।

Crest

यसैगरी वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानडाको हकमा अधिकतम अमेरिकी डलर ५०० र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २०० सम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्छन्।

राहदानी सुविधाबापत सटही माग गर्ने व्यक्तिले हवाई टिकट, राहदानी र भिसाको प्रतिलिपि पेस गर्नुपर्दछ र बैंक तथा वित्तीय संस्थाले ती प्रतिलिपि सक्कल प्रतिसँग भिडाई दुरूस्त भएमा मात्र सटही सुविधा प्रदान गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS