IME Life New

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदनको ओइरो, कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा अचाक्ली आवेदन परेको छ। आज बिहान १० बजेसम्मको तथ्यांकअनुसार संस्थाको एफपीओ साढे ३०० गुणा बढी आवेदन परेको छ।

संस्थाले गत साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ संस्थाले बिक्री खुला गरेको छ। आज बिहानसम्म यो एफपीओमा ११ लाख ३१ हजार ५१२ आवेदकबाट कुल १ करोड ६७ लाख ६६ हजार ४५० कित्ता शेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा ३५८.८० गुणा बढी हो।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेकै कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी ४ हजार ६७२ आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाउनेछन्।

यो एफपीओमा भोलि साउन ८ गते खरिद आवेदन दिन सकिनेछ। लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’ बाट आवेदन दिन सक्नेछन्।

संस्थाको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक शेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ। अब सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन संस्थाले एफपीओ जारी गरेको हो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले एफपीओ बिक्री खुला गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS