IME Life New

बुध ग्रहमा भेटियो हीराको खानी, पृथ्वीमा ल्याउन सम्भव छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुध ग्रहमा ९ माइल बाक्लो अर्थात १४.४८ किलोमिटर चौडा हीराको खानी फेला परेको छ। ठूलो मात्रामा ठोस हीरा बुध ग्रहको सतह मुनि फैलिएको छ।

नेचर कम्युनिकेसन्स जर्नलमा हालै प्रकाशित एउटा प्रतिवेदनमा यस्तो खुलासा गरिएको छ। बुध ग्रहबाट हीरालाई पृथ्वीमा ल्याउन सम्भव नरहेको प्रतिवेदनमा उल्लेख छ। ‘तर, त्यहाँ रहेको हीरा खानीबारे अध्ययन गरेर बुध ग्रहको गठन र यसको चुम्बकीय क्षेत्रबारे जानकारी प्राप्त गर्न सकिन्छ’, प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

बुध ग्रहमा धेरै रहस्य लुकेका छन्। सबैभन्दा ठूलो रहस्य यसको चुम्बकीय क्षेत्र हो। यस ग्रहको चुम्बकीय क्षेत्र पृथ्वीको तुलनामा निकै कमजोर छ। किनकि यो ग्रह धेरै सानो छ। भौगोलिक रुपमा पनि सक्रिय छैन। यसको सतह धेरै ठाउँमा अँध्यारो छ।

नासाको मेसेन्जर मिसनले सतहमा रहेको कालो रङलाई ग्रेफाइटका रुपमा पहिचान गरेको थियो। जुन कार्बनका रुप हो।

बेइजिङस्थित सेन्टर फर हाई प्रेसर साइन्स एन्ड टेक्नोलोजी एडभान्स रिसर्चका वैज्ञानिक यानहाओ लीले बुध ग्रहको भित्री तह र संरचनाको अध्ययन गरेरमात्र यसको रहस्य पत्ता लगाउन सकिने बताए। ‘हामीलाई शंका छ कि यो ग्रह अन्य ग्रहजस्तै बनेको हो। त्यो हो, तातो म्याग्मा पग्लिए पछि’, उनले भने, ‘तर, बुध ग्रहमा रहेको म्याग्माको यो समुद्र अवश्य कार्बन र सिलिकेटले धनी भएको हुनुपर्छ। त्यसैले यति ठूलो परिमाणमा हीरा भेटिएको हो। त्यो पनि पूर्णतया ठोस हीरा।’

सन् २०१९ मा एउटा अध्ययन बाहिर आएको थियो। जसमा बुध ग्रहको आवरण पहिले सोचेभन्दा ५० किलोमिटर गहिरो रहेको बताइएको थियो। यसको मतलब यो हो कि यस कारण कोर र आवरणबीच धेरै दबाब सिर्जना हुनेछ। त्यस कारण बुध ग्रहभित्र रहेको कार्बन हीरामा परिणत हुनुपर्दछ। त्यसैले हीराको यस्तो बाक्लो तह फेला परेको हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS