IME Life New

धितोपत्र बोर्डबाट राना आउट, अध्यक्षको भूमिकामा बरालको इन्ट्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकार परिवर्तनसँगै नेपाल धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिइएको छ। अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव बराललाई दिएका हुन्। बरालले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यसअघि धितोपत्र बोर्डमा नेकपा (माओवादी केन्द्र) पक्षधर मानिने अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार राना रहेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै रानालाई अर्थमन्त्री पौडेलले हटाएका हुन्।

Esewa
Crest

राना अहिले विवादमा पनि छन्। उनले आफ्नो एकल निर्णयमा वित्तीय विवरणमा झेल गरेको रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ अनुमति दिएका थिए। पछि सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डसँग जबाफ माग गरेपछि यो आइपीओ रोकिएको छ।

धितोपत्र बोर्डको संचालक सदस्यमा मनोनयन भएका सहसचिव बरालले अर्थमन्त्री पौडेलसमक्ष बोर्डको अध्यक्ष पदको आज शपथ लिएर पदबहालीसमेत गरिसकेका छन्। मन्त्रीस्तरको साउन २ गतेको निर्णयानुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका हुन्।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्थाबमोजिम बराललाई अध्यक्षको जिम्मेवारी दिइएको हो। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकका रुपमा समेत कार्यरत छन्।

अध्यक्षको जिम्मेवारी सम्हालेका बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिने बताएका छन्। उनले सेबोनका सम्पूर्ण कर्मचारीलाई तोकिएबमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशनसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS