IME Life New

रोयल इन्फिल्डले ल्यायो नयाँ ‘गुरिल्ला ४५०’, आकर्षक लुक्स अनि शक्तिशाली इन्जिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी परफॉर्मन्स बाइक निर्माता कम्पनी रोयल इन्फिल्डले लामो समयको प्रतिक्षापछि अन्ततः आफ्नो नयाँ मोटरसाइकल ‘गुरिल्ला ४५०’ बिक्रीका लागि औपचारिक रुपमा लन्च गरेको छ। स्पेनको बार्सिलोनामा आयोजित एक मेगा इभेन्टका क्रममा कम्पनीले यो नयाँ बाइकलाई विश्व बजारमा ल्याएको हो।

आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित कम्पनीले नयाँ गुरिल्ला ४५० भारतीय बजारमा भारु २.३९ लाख (एक्स शोरुम) को प्रारम्भिक मूल्यमा लन्च गरेको छ। यो बाइक अगस्ट १ २०२४ देखि भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ। तर, कम्पनीले आधिकारिक बुकिङ पनि सुरु गरिसकेको छ। यो कम्पनीको वेबसाइट र अधिकृत डिलरसिपमार्फत बुक गर्न सकिन्छ।

Esewa
Crest

यो रोयल एनफिल्डको ४५० सीसी सेग्मेन्टको दोस्रो मोटरसाइकल हो। यसलाई पाँच रङमा ल्याइएको छ। जसमा ब्राभा ब्लू, येलो रिबन, गोल्ड डिप, प्लाया ब्ल्याक र स्मोक फ्ल्यास भेरियन्टमा ब्राभा ब्लु र येलो रिबन समावेश छ भने गोल्ड डिप र प्लाया ब्ल्याक ड्यास भेरियन्टमा उपलब्ध छ। एनालग भेरियन्ट स्मोक र प्लेया ब्ल्याक दुवैमा उपलब्ध छ।

शेरपा ४५० प्लेटफर्ममा आधारित यस प्रिमियम आधुनिक रोडस्टर बाइकमा कम्पनीले ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर लिक्विड कुल्ड शेर्पा इन्जिन दिएको छ। यो इन्जिनले ४० पीएसको पावर र ४० एनएमको टर्क जेनेरेट गर्छ। यसको इन्जिनमा वाटर–कुल्ड प्रणाली छ। जसमा इन्ट्रिगेटेड वाटर पम्प, ट्विन–पास रेडिएटर र आन्तरिक बाइपास छ।
यो बाइकमा ६ स्पिड गियरबक्स रहेको छ। जसमा असिस्ट र स्लिप क्लच पनि छ।

गुरिल्ला ४५० मा एक स्टेप्ड बेन्च सिट, ११–लिटर इन्धन ट्यांकी र इन्ट्रिगेटेड टेल ल्याम्पसहित एलईडी हेडलाइट छन्। यसमा अपस्वेप्ट साइलेन्सर र स्टिल ट्विन–स्पार ट्युबुलर फ्रेम छ। अगाडिको सस्पेन्सनमा ४३ एमएमको टेलिस्कोपिक फोर्क छ भने पछाडिको लिंकेज प्रकारको मोनो–शक सस्पेन्सन छ। यो मोटरसाइकल स्टेबिलिटीका लागि १४४० एमएमको ह्विलबेससहित १७ इन्चको अगाडि र पछाडिको ट्युबलेस टायरमा आधारित छ।

कम्पनीले गुरिल्ला ४५० मा विभिन्न राइडिङ मोड दिएको छ। यसबाहेक इन्जिन म्यानेजमेन्ट सिस्टम (ईएमएस) र राइड–बाय–वायर प्रविधिले यसलाई अझ राम्रो बनाउँछ। प्रदर्शन मोड र इको मोड थ्रोटल प्रतिक्रियाले सवारीचालकलाई विभिन्न सवारी अवस्थामा राम्रो प्रदर्शन प्रदान गर्दछ। यो बाइक आफ्नो सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको दाबी छ।

गुरिल्ला ४५० को इन्फोटेनमेन्ट सिस्टमको ट्रिपर ड्यासमा ४ इन्चको इन्फोटेनमेन्ट क्लस्टर छ। यसले जीपीएक्स ढाँचामा मार्ग रेकर्डिङ, संगीत नियन्त्रण, मौसम पूर्वानुमान र अन्य जानकारी प्रदान गर्दछ। रोयल इन्फिल्ड विङम्यान एमआईवाई सुविधाले कनेक्टिभिटीको अर्को तह थप्छ। राइडिङ अनुभवलाई अझ राम्रो बनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS