Connect IPS
IME Life

हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको एशियन लाइफले पायो उत्कृष्ट रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हकप्रद शेयर निष्काशनको तयारीमा रहेको एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायीत्व समयमै पुरा गर्न सक्ने सवालमा पर्याप्तरूपमा सबल रहेको भन्दै एशियन लाइफलाई ‘आइआरएन ए माइनस इस्युअर रेटिङ'(IRN A- IR) प्रदान गरेको हो ।

इन्फोमेरिक्सका अनुसार यस्तो रेटिङ प्राप्त गर्ने संस्थाले वित्तीय दायीत्व चुक्ता गर्न असफल हुने जोखिम एकदमै न्यून हुन्छ।

Prabhu
Crest

एशियन लाइफले पर्याप्त मात्रामा व्यवस्था गरेको जीवन बीमा कोष र महाविपत्ती कोषको आकारले वित्तीय दायीत्व बहनमा बजन प्रदान गर्ने पक्षलाइ वित्तीय सबलता मूल्यङ्कनका क्रममा समावेश गरिएको रेटिङ एजेन्सीले उल्लेख गरेको छ। चालू आवको तेश्रो त्रैमाससम्म एशियन लाइफसँग बीमा कोषमा ४१ अर्ब रूपैयाँ र महाविपत्ती कोषमा २१ करोड ५० लाख रूपैयाँ छ । खुद बीमाशुल्क आम्दानीमा निरन्तर वृद्धि र सञ्चालन मुनाफामा स्वस्थ्य वृद्धिले पनि वित्तीय सबलता थपेको छ ।

एशियन लाइफको जोखिमका पक्षहरूः

एशियन लाइफको नयाँ व्यवसायमा देखा परेको निरन्तरको गिरावट यसको दुर्बल पक्ष हो । पछिल्ला वर्षहरूमा बढ्दो व्यापार प्रतिस्पर्धा, बीमा कम्पनीहरूबीचको मर्जर स्वरूप बीमाशुल्क, मर्जर र आर्थिक मन्दीको परिणाम स्वरूप ठूला संस्थाहरूको सिर्जना।

यसबाहेक पछिल्लो समयमा बीमालेख समर्पण, आंशिक परिवक्वता दाबी भुक्तानीका कारण दाबीको बढ्दो अंक, घट्दो बीमालेख निरन्तरता, अप्रत्याशित दाबीहरूमा उल्लेख्य वृद्धिका कारण जोखिम निहित छ ।

बीमा कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धासँगै बीमा सम्बन्धी नियम कानूनमा निरन्तर फेरबदलमार्फत् नेपाल बीमा प्राधिकरणले ल्याएको अस्थिरतमा पनि चुनौतीका रूपमा उल्लेख गरेको छ । न्यूनत्तम चुक्ता पूँजीमा वृद्धि र भावी बोनश दरका लागि ५० प्रतिशत व्यवस्था गर्नुपर्ने नियामकीय प्रावधानले व्यवसायीक निरन्तरतामा चुनौती थपेको छ।

रेटिङ एजेन्सीले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ, यो बीमकले लगानी विविधताका माध्यमबाट पर्याप्त मुनाफा आर्जनका साथै थपिएको पूँजीको भरमा सोल्भेन्सी मार्जिन बढाउन सकेको अवस्थामा रेटिङ मूल्याङ्कनको निरन्तरतालाई सघाउ पुर्याउनेछ ।

लगानी विविधिकरणबाट प्रतिफलः

रेटिङ एजेन्सीका अनुसार एशियन लाइफले रणनीतिगत रूपमा लगानीलाई विविधिकरण गरेको छ। विविधिकरणका कारण आर्थिक वर्ष २०७६।७७ को ७.१६ प्रतिशत प्रतिफल दरको तुलनामा आर्थिक वर्ष २०७७।७८ देखि २०७९।८० को अवधिमा वार्षिक १३ प्रतिशतका दरले प्रतिफल हासिल गरेको छ। यो प्रतिफल आव २०७७।७८ देखि २०७९।८० सम्मको अवधिमा  औसत ७.१६ प्रतिशतमा सीमित रहेको ब्याज आम्दानी ९.७७ प्रतिशतमा उक्लिएका कारण प्राप्त भएको हो । इन्स्योरेन्सले वाणिज्य बैंकरूमा दीर्घकालीन मुद्दती निक्षेपहरूको माध्यमबाट यो संभव बनाएको हो । यसको कुल लगानीमध्ये ४४ प्रतिशत दिर्घकालीन मुद्दती निक्षेप छ ।

एशियन लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था। श्रोतः इन्फोमेरिक्स नेपाल

१ करोड ४२ लाख कित्ता हकप्रद शेयरः

५ अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने दबाबमा रहेको एशियन लाइफले १ करोड ४२ लाख ७८ हजार ३१२.४४ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ । यो शेयर पूर्णरूपमा खरिद भएको अवस्थामा इन्स्योरेन्सले लगानीकर्ताबाट थप १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रूपैयाँ चुक्ता पूँजी जुटाउनेछ । हकप्रद शेयर पूर्णरूपमा वितरण भएको अवस्थाका यसको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार रूपैयाँ पुग्नेछ ।

एशियन लाइफसँग हाल ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४ सय रूपैयाँ चुक्ता पूँजी छ । हकप्रद शेयर निष्काशन पछि पनि एशियन लाइफसँग थप १७ करोड २२ लाख ३३ हजार रूपैयाँ चुक्ता पूँजी अपुग हुनेछ ।

नियामक बीमा प्राधिकरणले आगामी पौष महिनासम्म चुक्ता पूँजी जुटाई सक्न बीमा कम्पनीहरूलाई समय सीमा तोकेकाले यो इन्स्योरेन्सले असोज महिनाभित्रै आव २०८०।८१ को साधारण सभा सम्पन्न गरेर लाभांश वितरण गर्नुपर्ने बाध्यता हुनसक्छ।

आइतबार मात्रै नेप्सेमा कारोबारका क्रममा एशियन लाइफको शेयर मूल्य १५ रूपैयाँले बढेर ६सय २९ रूपैयाँ ९० पैसामा कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

0%

दु :खी

13%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS