IME Life New

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ४.८३ अर्ब, सर्वाधिक कमाउनेमा मुक्तिनाथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिस्तरका ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको ११ महिना जेठसम्म ४ अर्ब ८३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो ११ महिनामा सर्वाधिक नाफा कमाउने मुक्तिनाथ रहेको छ। यो बैंकले १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। नाफाको हिसाबले १ अर्ब रुपैयाँको क्लबमा पुग्ने मुक्तिनाथ एकमात्र बैंक हो।

Esewa
Crest

सर्वाधिक नाफा कमाउने दोस्रो विकास बैंकमा गरिमा रहेको छ। गरिमाले ८५ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ।

तेस्रोमा शाइन रेसुंगा रहेको छ। यो बैंकले ६७ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी महालक्ष्मीले ५५ करोड ४७ लाख रुपैयाँ, कामना सेवाले ४८ करोड ९२ लाख रुपैयाँ, लुम्बिनीले ४२ करोड ३ लाख रुपैयाँ, सांग्रिलाले ३५ करोड ३५ लाख रुपैयाँ र ज्योतिले ३० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS