IME Life New

हुन्डाईको एक्टरको नयाँ नाइट एडिसन लन्च, स्पोर्टी लुक अनि आकर्षक डिजाइन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईले बुधबार आधिकारिक रुपमा आफ्नो सबैभन्दा सस्तो एसयूभी हुन्डाई एक्टरको नयाँ नाइट एडिसन भारतीय बजारमा लन्च गरेको छ। यसअघि कम्पनीले यस एसयूभीका केही टिजर सार्वजनिक गरेको थियो।

आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यस एसयूभीको प्रारम्भिक मूल्य भारु ८.३८ लाख (एक्स शोरुम) तोकिएको छ। जहाँ यसको टप मोडलको मूल्य भारु १०.४३ लाख रहेको छ।

Esewa
Crest

नयाँ नाइट संस्करण एक्टरको नियमित मोडेल एसएक्स र एसएक्स (ओ) मा आधारित छ। हुन्डाईले एक्सेटरको नाइट एडिसनलाई पूर्ण रुपमा नयाँ लुक र डिजाइन दिएको छ। यसमा केही कस्मेटिक परिवर्तनहरु गरिएका छन्, जसले यसलाई नियमित मोडलभन्दा फरक पार्छ। यसको फ्रन्टमा ब्ल्याकआउट बडी पार्टस देखिनेछ।

यसमा अगाडि र पछाडि स्किड प्लेटहरु छन्। नयाँ डिजाइन गरिएको १५ इन्च डायमण्ड कट अलोय ह्विलहरु र अगाडिको बम्परबाहेक पछाडिको टेलगेटमा केही रातो एक्सेन्टहरु छन्। जसले यसलाई स्पोर्टी लुक दिन्छ।

एसयूभीको क्याबिनलाई फरक बनाउने प्रयास गरिएको छ। अल ब्ल्याक थिमले सजिएको केबिन रातो एक्सेन्टमा पूरा भएको छ। यो रातो एक्सेन्ट फ्लोर म्याट, एयर कन्डिसन भेन्ट्स र स्टेयरिङ ह्विलमा देखिन्छ। यसबाहेक इक्युपमेन्ट लिस्ट प्रायः स्ट्यान्डर्ड मोडेलजस्तै छ। यसमा सिटमा नाइट एडिसन ब्याजिङ दिइएको छ।

कम्पनीले आफ्नो मेकानिजममा कुनै परिवर्तन गरेको छैन। यसमा १.२ लिटर क्षमताको प्राकृतिक रुपमा एस्पिरेटेड पेट्रोल इन्जिन छ। जुन ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्ससँग जोडिएको छ। यो इन्जिनले ८१ बीएचपीको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ।

एक्सटर नाइट एडिसन ५ मोनोटोन र २ डुअल–टोन कलर अप्सनमा उपलब्ध छ। जसमा स्टेरी नाइट, एटलस ह्वाइट, रेन्जर खाकी, एबिस ब्ल्याक रुफका साथ रेन्जर खाकी, एबिस ब्ल्याक, स्याडो ग्रे र स्याडो ग्रेस विथ एबिस ब्ल्याक रुफ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS