Connect IPS
IME Life

ब्याजदर घट्दा पनि किन बढेन कर्जाको माग ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वाणिज्य बैंकहरुको ब्याजदर विगत १ वर्षमा २३.४४ प्रतिशतले घटेको छ। २०८० जेठमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.५३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा १०.१५ प्रतिशतमा आइपुगेको छ।

यस्तै वाणिज्य बैंकहरुको आधारदर गत वर्षको जेठमा १०.१८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको जेठमा घटेर ८.१७ प्रतिशतमा आएको छ। राष्ट्र बैंकको यस तथ्यांकले बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर निरन्तर रुपमा घटाइरहेको देखाउँछ। यतिबेला बैंक तथा वित्तीय संस्थाहरुको कर्जा ब्याजदर विगत २८ महिनायताकै न्यून विन्दुमा आइपुगेको छ।

Prabhu
Crest

निक्षेपको ब्याजदर निरन्तर घटिरहँदा कर्जाको ब्याजदर पनि घटेको हो। गत वर्षको फागुनयता निरन्तर रुपमा निक्षेपको ब्याजदर घटिरहेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर घटेर ६.१७ प्रतिशतमा आइपुगेको छ। यता विकास बैंक र वित्त कम्पनीहरुको ब्याजदर पनि निक्षेप र कर्जाको ब्याजदर निरन्तर रुपमा घटेको छ।

विकास बैंकहरुको कर्जाको औसत ब्याजदर गत वर्षको जेठमा १४.४७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ११.६३ प्रतिशत कायम भएको छ। यस्तै वित्त कम्पनीको कर्जाको ब्याजदर विगत १ वर्षयाता १५.०६ प्रतिशतबाट घटेर १२.८५ प्रतिशतमा आइपुगेको छ।

विकास बैंकहरुको निक्षेपको ब्याजदर ९.४५ प्रतिशतबाट घटेर ७.०७ प्रतिशत र वित्त कम्पनीको निक्षेपको ब्याजदर १०.१८ प्रतिशतबाट घटेर ८.२८ प्रतिशत कायम भएको छ। ब्याजदर घटिरहे पनि कर्जाको मागमा त्यति ठूलो परिवर्तन भएको छैन। यद्यपि माग केही बढिरहेको भने छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ (५.१ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ (३.४ प्रतिशत) ले बढेको थियो। ब्याजदर घटेकाले नै गत आवको तुलनामा चालु आवको ११ महिनामा कर्जा विस्तार बढेको हो।

वार्षिक विन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँले (९.० प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड रुपैयाँले (८.८ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको छ।

पछिल्लो समय ब्याजदर घटे पनि ऋणीले महसुस गर्न भने नपाएको जानकारहरु बताउँछन्। किनकि विगतमा चर्को ब्याजमा लिएको ऋण उनीहरुले तिरेर अझै सकाएका छैनन्। अर्थतन्त्रमा सुस्तता आउँदा अहिले कर्जा लेनदेनको प्रणालीमा समस्या आएको छ। त्यसकारण ब्याजदर अझै घट्ने वातावरण बनाउनुपर्नेमा जानकारहरु जोड दिन्छन्।

कोभिडपछि वस्तुको बजारभाउ निक्कै बढेको र सर्वसाधारणको क्रयशक्ति सोहीअनुसार बढ्न नसक्दा अहिले समस्या सिर्जना भएको हो। उद्यम–व्यवसाय चल्न नसकेका कारण आम्दानी पनि घटेको उद्योगीहरु बताउँछन्। साथै, नयाँ लगानी हुन नसक्दा रोजगारीका नयाँ अवसर पनि खुल्न सकेका छैनन्।

अहिले आयात समेत घटिरहेकाले बजार अझै चलायमान हुन नसक्ने जानकारहरु बताउँछन्। त्यसकारण आगामी मौद्रिक नीतिमा यो अवस्थालाई समेट्ने र सम्बोधन गर्ने गरी कार्यक्रम ल्याइनुपर्ने जानकारहरुको भनाइ छ।

गत वर्षभन्दा कर्जाको ब्याजदर घटे पनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधामात्रै बढेको छ। नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेकाले त्यसतर्फ मौद्रिक नीतिले ध्यान दिनुपर्ने कतिपयको भनाइ छ।

बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तिय संस्थाहरुलाई प्रोत्साहन गरिनुपर्नेमा उद्योगी तथा बैंकरहरुले जोड दिएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS