IME Life New

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १३ अर्ब, बढ्यो कर्जा प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको हो। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ३२ अर्ब रुपैयाँ रहेकोमा असार २५ गते घटेर ६४ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ।

Esewa
Crest

असार २५ मा वाणिज्य बैंकहरुको कुल निक्षेप १३ अर्ब रुपैयाँले घटेर ५६ खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ३ अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी भने असार २५ मा ३ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ।अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ५६ अर्ब रुपैयाँ थियो।

असार २५ मा बैंकहरुको अन्तरबैंक ब्याजदर बढेर ३ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म अन्तरबैंक ब्याजदर २.९९ प्रतिशत थियो। असार २५ मा बैंकहरुको औसत सीडी रेसियो ७८.९४ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS