IME Life New

आकर्षक फिचरका साथ लन्च भयो नयाँ स्कोर्पियो, अरु के-के छन् सुविधा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको प्रमुख स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) वहान निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी महिन्द्रा स्कोर्पियो–एन नयाँ फिचरहरुका साथ बजारमा ल्याएको छ।

कम्पनीले स्कोर्पियो–एन लाइनअपको टप ३ भेरिएन्ट जेड८ सेलेक्ट, जेड८ र जेड८ एलमा नयाँ फिचरहरु समावेश गरेको हो। ती फिचरले यो एसयूभीलाई पहिलेभन्दा झनै उत्कृष्ट बनाएको छ। नयाँ फिचरहरु समावेश गरे पनि कम्पनीले एसयूभीको मूल्य भने बढाएको छैन।

Esewa
Crest

हालै महिन्द्राले स्कोर्पियोलाई नयाँ जेड८ सेलेक्ट भेरिएन्टका साथ लन्च गरेको थियो। अब कम्पनीले जेड८ सेलेक्ट र जेड८ भेरिएन्टमा वायरलेस चार्ज र हाई ग्लास फिनिसका साथ नयाँ सेन्टर क्सोल मासवेश गरेको छ। यसका अलावा जेड८ एस भेरिएन्टमा कम्पनीले भेन्टिलेटेड फ्रन्ट सि, अटो डिमिङ इन साइड रियर भ्यु मिरर, कुलिङ फङ्सनका साथ वायरलेस चार्जिङ प्या र सेन्टर कन्सोलमा हाई ग्लास फिनिसिङ दिएको छ। यसका साथै अहिलेसम्म केवल जेड८ सेलेक्ट भेरिएन्टमा पाइने मिड–नाइट ब्ल्याक करल पेन्ट स्किम पूरै जेड८ ट्रिममा दिइएको छ।

महिन्द्रा स्कोर्पियो–एनको अपडेट गर्नुका साथै कम्पनीले यसको मूल्यमा कुनै बढोत्तरी गरेको छैन। यो ग्राहकका लागि राहतको खबर हो। जेड८ सेलेक्ट भेरिएन्टको मूल्य भारु १७.१० लाख, जेड८ भेरिएन्टको मूल्य भारु १८.७४ लाख र जेड८ एल भेरिएन्टको मूल्य भारु २०.३७ लाख (एक्स–शोरुम) तोकिएको छ। कम्पनील्े हालै स्कोर्पियो–एनको सबै भेरिएन्टको मूल्यमा करिब भारु १० हजार बढाएको थियो।

कम्पनीले स्कोर्पियो–एनमा केही भेरिएन्टमा फिचरहरु थप्नेबाहेक अन्य कुनै बदलाव गरेको छैन। महिन्द्रा स्कोर्पियो–एन पहिलेजस्तै २.० लिटर टर्बो–पेट्रोल र २.२ लिटर डिजल इन्जिनका साथ उपलब्ध हुनेछ। यो इन्जिनका साथ ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्सको अप्सनका साथ पाइनेछ। यसका अलावा फोर ह्विल ड्राइभको अप्सन केवल डिजल इन्जिनका साथ प्राप्त हुने कम्पनीले जनाएको छ।

स्कोर्पियो–एन आफ्नो मिड–साइज एसयूभी सेग्मेन्टमा निकै लोकप्रिय छ। यसको टप भेरिएन्टमा ६ एयरब्याग, ७ इन्जको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पावर्ड ड्राइभिङ साइट, सनरुफ, १८ इन्चको अलोय ह्विल, अगाडि र पछाडि क्यामेरा, ड्राइभरलाई निद्रा लागेमा अलर्ट गर्ने सिस्टमजस्ता फिचर समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS