IME Life New

विदेशी विद्यार्थीलाई अस्ट्रेलियाको झट्का, बढायो भिसा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाले जुलाई १ बाट लागू गरेको नयाँ भिसा नियमले विदेशी विद्यार्थीलाई झट्का लागेको छ। अस्ट्रेलिया सरकारले विद्यार्थी भिसाको शुल्क बढाएपछि अन्य देशबाट अस्ट्रेलियामा पढ्न जाने विद्यार्थीलाई असर पर्नेछ।

अस्ट्रेलियामा भिसा शुल्क ७१० डलरबाट बढाएर १ हजार ६०० डलर पुर्याइएको छ। अस्ट्रेलियाको फेडरल सरकारले विद्यार्थी भिसा शुल्कमा वृद्धि गर्दा यसले देशको राजस्वमा वृद्धि हुने र शिक्षाको क्षेत्रमा प्रगति हुने जनाएको छ। यसका साथै ग्रेजुएसन विद्यार्थीका लागि ऋण रकम पनि कम हुनेछ। साथै, नयाँ विद्यार्थीले पनि मद्दत प्राप्त गर्नेछन्।

Esewa
Crest

अस्ट्रेलियाका शिक्षामन्त्री जेसन डिन क्लेयरले अन्तर्राष्ट्रिय शिक्षा देशका लागि अत्यन्तै महत्वपूर्ण राष्ट्रिय सम्पत्ति रहेको बताएका छन्। उनले यसको सत्यनिष्ठा र गुणस्तर सुनिश्चित गर्न आवश्यक रहेको बताए।

यद्यपि, अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया काउन्सिलका राष्ट्रिय अध्यक्ष येगानेह सोल्तानपुरले यस निर्णयको भर्त्सना गरेका छन्। ‘शुल्क वृद्धिले अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप आर्थिक दबाब दिनेछ’, उनले भनेका छन्, ‘पढाइका लागि यति धेरै पैसा खर्च गरेर पनि जागिर नपाउँदा दुःख र चिन्ता बढाउनेछ। यही कारणले गर्दा अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले अस्ट्रेलियाबाहेक अन्य देशमा आफ्नो विकल्प खोजिरहेका छन्।’

अस्ट्रेलियाको इन्टरनेसनल एजुकेसन एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत फिल हनिवुडले यो घोषणा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा झट्का लाग्ने प्रतिक्रिया दिए। ‘हामीले ४८ अर्ब अमेरिकी डलर गुमाउने जोखिम पनि छ’, उनले भने, ‘यो कदमले हाम्रा इन्डो–प्यासिफिक छिमेकीसँगको सम्बन्धमा पनि प्रतिकूल असर पर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS