IME Life New

विश्वका धनाढ्यको सूचीमा मालिकभन्दा कर्मचारी अगाडि, कसरी भयो यो चमत्कार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा मूल्यवान कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स धनाढ्यको सूचीमा लगातार तल झरिरहेका छन्। यो सूचीमा माइक्रोसफ्टका पूर्वसीईओ स्टिभ बालमर अहिले बिल गेट्सभन्दा अगाडि देखिएका छन्। पहिलो धनाढ्यको सूचीमा बिल गेट्सलाई पछि पार्दै बालमर माथि उक्लिएका हुन्।

ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार विश्वका धनाढ्यको सूचीमा १५७.२ अर्ब डलरको सम्पत्तिका साथ छैटौँ स्थानमा उक्लिएका छन्। बिल गेट्स भने १५६.७ अर्ब डलरको सम्पत्तिका साथ यो सूचीमा सातौँ स्थानमा झरेका छन्।

Esewa
Crest

६८ वर्षीय बिल गेट्सले आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकारलाई दिएका छन्। आफ्नी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्स र वारेन बफेटसँग मिलेर उनले ४७५ बिलियन गेट्स फाउन्डेसन बनाएका छन्। जुन विश्वको सबैभन्दा ठूलो परोपकारी संस्थामध्ये एउटा हो। गेट्स र मेलिन्डाले यस संस्थालाई करिब ६० अर्ब डलर दान गरेका छन्।

बाल्मर माइक्रोसफ्टका प्रारम्भिक कर्मचारीमध्ये एक थिए। सन् २००० मा गेट्सपछि उनी कम्पनीको सीईओ बनेका थिए । उनी सन् २०१४ मा सेवानिवृत्त भए र सोही वर्ष कम्पनीको सबैभन्दा ठूलो शेयरधारक बने। माइक्रोसफ्टको शेयरभाउ यो वर्ष २१ प्रतिशतले बढिसकेको छ। यही कारण बाल्मरको सम्पत्तिमा पनि उछाल आएको छ।

सन् २०१४ मा नै बाल्मरले एनबीए टोली लस एन्जलस क्लिपर्स २ अर्ब डलरमा किनेका थिए। आज यसको मूल्य ४.६ अर्ब डलरको छ। बाल्मरको ९० प्रतिशत सम्पत्ति माइक्रोसफ्टमा रहेको शेयरबाट आएको हो। एलन मस्क, जेफ बेजोस, बर्नार्ड अर्नाल्ट, मार्क जुकरबर्ग र ल्यारी पेजको सम्पत्ति बाल्मरभन्दा धेरै रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS