IME Life New

राष्ट्रिय बीमा कम्पनीबाहेक सबै बीमकको लाइभ डाटामा प्राधिकरणको पहुँच स्थापित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूबाट कारोबार तथ्यांक पूर्णतः वास्तविक समय (रियल टाइम) मा संकलन गर्न शुरू गरेको छ। बीमकबाट पाक्षिक र मासिकरूपमा विवरण संकलन गर्दै आएको प्राधिकरणले असार १५ गतेदेखि दैनिकरूपमा तथ्यांक संकलन गर्न थालेको हो ।

प्राधिकरणको निर्देशन अनुसार बीमकले दैनिक कारोबार विवरणहरू एपिआइ मार्फत् बेलुकी पख प्राधिकरणको बीमा नियामक सूचना प्रणालीमा प्रविष्ट गरि रहेका छन् । असार मसान्तसम्म परिक्षणका रूपमा तथ्यांक संकलन गरेर तथ्यांकमा त्रुटी रहे नरहेको यकीन गरेपछि साउन १ गतेदेखि यसलाई पूर्णरूपमा लागू गर्ने प्राधिकरणको तयारी छ ।

Crest

प्राधिकरणको केन्द्रिकृत सूचना प्रणालीमा एक पटक तथ्यांक प्रविष्ट गरि सकेपछि बीमकले तथ्यांकमा छेडछाड गर्न, सच्याउन, थपघट गर्न वा प्रतिस्थापन गर्न पाउने छैनन् । एक पटक प्रविष्ट गरी सकेको तथ्यांकको शुद्धताको जिम्मेवारी पूर्णरूपमा बीमितमै रहनेछ। कुनै त्रुटी फेला परेको अवस्थामा प्राधिकरणले बीमकलाई जरिवाना सहितको कारवाही गर्नेछ।

१४ जीवन,१४ निर्जीवन, ७ लघु बीमक र २ पुनर्बीमकमध्ये सरकारी स्वामित्वको निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य सबै कम्पनीको लाइभ डाटा प्राप्त भई रहेको प्राधिकरणको सूचना प्रविधि शाखाले जानकारी दिएको छ।

प्राधिकरणले पछिल्लो पटक जेठ २५ गते बीमकहरूलाई निर्देशन जारी गर्दै असार १५ गतेदेखि एपिआईमार्फत् लाइभ डाटा उपलब्ध गराउन निर्देशन जारी गरेको थियो । यसअघि पनि प्राधिकरणले २०८० कात्तिक २२ गते बीमकहरूलाइ परिपत्र जारी गर्दै २०८० मंसिर १८ गतेभित्र  युएटि एपिआई क्रेडेन्सियलको प्रयोग गरेर लाइभ डाटा उपलब्ध गराउन निर्देशन जारी गरेपनि बीमकले वास्तविक समयको कारोबार विवरण उपलब्ध गराएका थिएनन् ।

बीमकले आवधिकरूपमा उपलब्ध गराएको कारोबार तथ्यांकमा थुप्रै कैफियत फेला पारेपछि पारदर्शिता र प्रभावकारी अनुगमनका लागि पूर्णतः वास्तविक समयमै तथ्यांक (लाइभ डाटा)  संकलन शुरू गरेको हो । 
यो प्रणालीलाई पूर्णतः कार्यान्वयनमा ल्याएपछि अब बीमकले कारोबार तथ्यांकमा छेडछाड गर्न पाउने छैनन् ।

किन हुन्छ कारोबारमा छेडछाडः

बीमा कम्पनीहरूले कारोबारका क्रममा बीमाशुल्क प्राप्त नै नभई बीमालेख जारी गर्ने प्रवृत्तीका कारण जहिले पनि बीमकको कारोबार तथ्यांकमा गडबडी हुने गरेको छ । प्राधिकरणले गर्ने स्थलगत निरिक्षणका क्रममा विशेषगरी जीवन बीमा कम्पनीहरूको कारोबारमा तथ्यांकीय त्रुटी फेला पर्ने गरेको छ।

बीमा गर्छु भनेर विश्वस्त पार्ने र चेक सहित प्रस्ताव फारम समेत हस्तान्तरण गरि सकेका ग्राहकको नाममा बीमकले बीमालेख जारी गरिदिन्छ। बैंक खातामा रकम प्राप्त नहुँदै हतारमा बीमालेख जारी गरिसकेको भोलिपल्ट ग्राहकले पैसाको जोहो हुन नसकेकाले बीमा नगरिदिन बीमकलाई अनुरोध गर्छ । यस्तो अवस्थामा अघिल्लो दिन जारी गरेको बीमालेख बीमकले रद्द गर्ने बाहेक अन्य कुनै उपाय बीमकसँग बाँकी रहँदैन। यही कारण अघिल्लो दिनको कारोबार रकम भोलिपल्ट घटी हुन जान्छ।

मासिक प्रगती विवरणमा कृत्रिमरूपमा व्यापार देखाउनका लागि अवास्वतिकरूपमा अधिक कारोबारको तथ्यांक पेश गर्ने प्रवृत्तीले पनि गलत तथ्यांक रिपोर्टिङ हुने गरेको छ । अभिकर्तालाई वितरण गरिने कमिशन र प्रोत्साहन वापतको खर्च रकमलाई कृत्रिमरूपमा व्यवस्था गर्दा पनि बीमकको कारोबार अंकमा गडबडी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS