IME Life New

हिरोले ल्यायो कार्बन फाइबरयुक्त स्पेसल बाइक, केवल यी व्यक्तिले मात्र किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो दुईपांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले सोमबार आफ्नो नयाँ स्पेसल एडिसनको मोटरसाइकल सेन्टेनिअल लिलामीका लागि ल्याएको छ। यो बाइक गत जनवरीमा हिरो वर्ल्ड इभेन्टमा पहिलोपटक विश्वसामु पेस गरिएको थियो। त्यसबेला कम्पनीले हार्ले डेभिडसनमा आधारित आफ्ना दुई नयाँ मोडल एक्सट्रिम १२५ आर र माभरिक ४४० बजारमा ल्याएको थियो।

हिरो मोटोकर्पले कम्पनीका संस्थापक बृजमोहन लाल मुञ्जालको १०१ औँ जन्मदिनको उपलक्ष्यमा सेन्टिनिअल बाइक लन्च गरेको हो। यो बाइक आफ्ना कर्मचारी, सहयोगी, व्यावसायिक साझेदार र सरोकारवालालाई मात्र बिक्री गरिने कम्पनीले जनाएको छ। यसको अर्थ कम्पनीले तोकेको सीमाभित्र नपरेका सर्वसाधारणले यो बाइक किन्न पाउँदैनन्।

Esewa
Crest

हिरोले सेप्टेम्बर महिनाबाट यो स्पेसल बाइकको डेलिभरी सुरु गर्नेछ। यो बाइकको १०० युनिट मात्रै बनाई बिक्री हुनेछ।
यो बाइक कम्पनीको प्रख्यात मोडल हिरो करिज्मा एक्सएमआरको प्लेटफर्ममा आधारित रहेको छ। यसमा कार्बन फाइबर बडी वर्क देखिन्छ। जसलाई एउटै सिटसँगै केही नयाँ कम्पोनेन्ट र फिचरले सजाइएको छ। यसमा पूर्णतया समायोज्य सस्पेन्सन, अक्रोपोभिकको कार्बन फाइबर निकास मफलर छ। यी परिवर्तनपछि बाइकको तौल बढेको छ र यसको वजन १५९ किलोग्राम भएको छ। जसले करिज्माभन्दा करिब ५.५ किलोग्राम भारी बनाउँछ। कम्पनीले यसमा एमआरएफ टायर प्रयोग गरेको छ।

हिरो मोटोकर्पले यो स्पेसल एडिसन मोटरसाइकल छनोट व्यक्तिहरुका लागि ल्याएको हो। त्यसैले यो बाइक लिलामीका लागि राखिएको हो। यसको मतलब यो बाइकका लागि कुनै मूल्य निर्धारण गरिएको छैन। यो कलेक्टर एडिसन बाइक हो। जुन हिरो मोटोकर्पका फ्यानहरुका लागि ल्याइएको हो। तर, यसलाई बजारमा बिक्रीका लागि ल्याइएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS