IME Life New

एनआइसी एशिया बैंकले शुभारम्भ गर्यो मस्टरकार्ड सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैंकले मस्टरकार्ड सेवाको सुरुआत गरेको छ । यससँगै अब पस टर्मिनल र एटिएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकले जनाएको छ ।

यस सेवा बैंकले पोखरामा एक कार्यक्रमको आयोजना गरी सुरु गरेको हो । यो सेवापछि कारोबार सुरक्षित हुने विश्वास बैंकले लिइएको छ । यसबाट हाम्रो सेवालाई अझै सुरक्षित र सहज बनाउने छ । यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सक्नेछन् ।

Esewa
Crest

बैंकले देशभर ३१९ शाखा कार्यालय ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू ३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS