IME Life New

टेस्लाले बजारबाट फिर्ता मगायो साढे ११ हजार साइबर ट्रक, यस्तो देखियो खराबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलन मस्कको इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाले अमेरिकामा ११ हजार ६८८ साइबर ट्रक फिर्ता मगाएको छ।

अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए)ले ती साइबर ट्रकको विन्डसिल्ड वाइपरमा देखिएको समस्या समाधान कम्पनीलाई बजार गाडी फिर्ता मगाउन लगाएको हो। फ्रन्ट विन्डसिल्ड वाइपर मोटर कन्ट्रोलर अत्यधिक भोल्टेज आपूर्तिका कारण फेल हुन सक्ने एनएचटीएसएको भनाइ छ।

Esewa
Crest

कम्पनीको सर्भिस टीमले वाइपर मोटर प्रतिस्थापन गर्नेछ र खराबगाडीमा सेन्सिटिभ ट्याग लगाएर निःशुल्क प्रतिस्थापन गर्नेछ।

विन्डशिल्ड वाइपरको खराबीले दृश्यता कम गर्न सक्छ। जसले दुर्घटनाको जोखिम निम्त्याउँछ। यो विद्युतीय ट्रक निर्माणमा आएयता टेस्लाले चौथोपटक फिर्ता बोलाउनु परेको हो । टेस्लाले गत वर्ष डिसेम्बरमा पहिलो पटक ग्राहकलाई साइबर ट्रक हस्तान्तरण गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS