काठमाडौं । भारतीय बीमा नियामकले बीमा कम्पनीहरूलाई बीमा योजनाहरूको प्रचार प्रसार गर्दा अनिवार्य खुलासा गर्नुपर्ने जोखिमहरूको बारेमा निर्देशन जारी गरेको छ। नियामकले बीमितलाइ बोनश दर र प्रतिफलको सम्बन्धमा झुक्याएर बीमा योजना बिक्री गर्ने बीमकको गलत प्रवृत्तीमा रोक लगाउनका लागि यस्तो निर्देशन जारी गरेको हो ।
जारी निर्देशन अनुसार अनिवार्य खुलासा गर्नुपर्ने जानकारीहरूमाः
- भविष्यका लागि अनुमानित बोनश दरको कुनै ग्यारेण्टी हुँदैन।
- विगतको कार्य सम्पादनले भविष्यको बोनश दरबारे वास्तविक प्रतिबिम्ब गर्दैन।
- बीमालेखहरूको प्रतिफल दर लगानी, खर्च व्यवस्थापन, मृत्युदर, र अन्य जोखिमहरूको सन्दर्भमा बीमकको समग्र प्रदर्शनमा निर्भर रहन्छ।