काठमाडौं । निजी क्षेत्रको वायू सेवा कम्पनी श्री एयरलाइन्सले अमेरिकाबाट खरिद गरेर ल्याएको बम्बार्डियर ड्यास ८ विमान शनिबार बिहान नेपाल अवतरण गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘९एन एओएम’ दर्ता नम्बर भएको बम्बार्डियर ड्यास ८ विमान बिहान १०ः०० बजे विमानस्थलमा अवतरण गरेको हो ।
अमेरिकाको पोर्टल्याण्ड विमानस्थलबाट तीन दिनको उडान भरेर क्यानडा, आइसल्याण्ड, इजिप्ट र ओमानको विमानस्थल हुँदै काठमाडौं आइपुगेको हो । क्याप्टेनद्वय रितेश कर्ण र विराज राजवंशीको नेतृत्वमा विमान उडाएर ल्याइएको हो । यो विमानको सिट क्षमता ८० हो ।
यो विमान १३ वर्ष ६ महिना पुरानो हो ।