IME Life New

बीमा पोलिसीका नाममा धोकाधडी, फर्जी कल सेन्टर खोलेर करोडौँको ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा फेरि ठूलो बीमा धोकाधडीको घटना सार्वजनिक भएको छ। बीमा पोलिसीमा अधिक बोनसको लोभ देखाएर ठगी गिरोहका मुख्य योजनाकारसहित ३ जनालाई प्रहरीले गत जुन ५ मा पक्राउ गरेसँगै यो घटना सार्वजनिक भएको हो।

यो ठगी गिरोह दिल्लीबाट सञ्चालित रहेको प्रहरीले पत्ता लगाएको छ। फर्जी कल सेन्टर खोलेर यो गिरोहले बीमा धोकाधडीको घटनालाई अन्जाम दिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अहिलेसम्म यो गिरोहले करोडौँ रकम ठगी गरिसकेको खुलेको छ। यस ठगीधन्दामा संलग्न अन्यको पनि खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ।

Esewa
Crest

पछिल्लो यो गिरोहले पन्तनगर थाना क्षेत्रको शान्तिपुरी निवासी खिमसिंह महेतालाई ठगेको थियो। उनीबाट साढे ६ लाख रुपैयाँ ठगिएको थियो। त्यसपछि सिंहले नै प्रहरी उपमहानिरीक्षक र वरिष्ठ प्रहरी अधिकारीसमक्ष उजुरी दिएका थिए।

सोही उजुरका आधारमा बीमा धोकाधडीमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीले ६ वटा टोली गठन गरेर खटाएको थियो। त्यसपछि प्रहरीले ठगीमा संलग्नहरुको मोबाइल नम्बर ट्रेस गर्नुका साथै उनीहरुको गतिविधिलाई निहालेको थियो। प्रहरीले अनुसन्धानकै क्रममा दिल्लीमा मनावा बिजनेस म्यानेजमेन्ट प्राइभेट कम्पनी सञ्चालनमा रहेको र यो कम्पनीको सञ्चालक सलिम खाना र उनकी पत्नी अर्शी खान रहेको पत्ता लगाएको थियो।

त्यसपछि प्रहरीले यो कम्पनीसँग आबद्ध जुडे विजय, लोकेश र राहुललाई पक्राउ गरेको थियो। यी तीनैजना दिल्लीनिवासी हुन्। उनीहरुसँग सोधपुछपछि दिल्ली प्रहरीले कम्पनी सञ्चालक सलिमलाई पनि पक्राउ गर्न सफल भयो।

पक्राउ परेकाहरुविरुद्ध साइबर धोकाधडीको मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ। यो गिरोहले ठगी गरेका आधा दर्जनभन्दा बढी उजुरी प्रहरीले प्राप्त गरिसकेको छ। उनीहरुले पूरै भारतमा ठगीधन्दा सञ्चालन गरी करोडौँ रकम ठगी गरेको प्रहरीले जनाएको छ।

यो ठगीधन्दामा बीमा पोलिसीसँग सम्बन्धित डाटाको पहुँच प्रवेश चौहानले उपलब्ध गराउने गरेका थिए। जब कि फर्जी दस्तावेजमा मोबाइल सिम चन्दन झाले उपलब्ध गराउने गरेका थिए। यी दुवैजना हालसम्म फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS