IME Life New

बैंकिङ प्रणालीबाट आज एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज असार ६ गते फेरि एकैपटक ५० अर्ब रुपैयाँ तान्ने भएको छ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट आज फेरि एकैदिन ५० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको असार २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि जेठ महिनामा केन्द्रीय बैंकले ११ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै ३ खर्ब ५० अर्ब रुपैयाँ तानेको थियो। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको छ। यो अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

निक्षेप बढ्नु र कर्जाको माग नबढ्नु बैंकिङ प्रणालीमा पैसा बढेको बढ्यै रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS