IME Life New

पहिलोपटक विश्वकै मूल्यवान कम्पनी बन्यो एनभिडिया, माइक्रोसफ्ट पर्यो पछि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एआई चिप बनाउने अमेरिकी कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। माइक्रोसफ्टलाई पछि पार्दै एनभिडियाले यो उपलब्धि हासिल गरेको हो।

मंगलबार एनभिडियाको शेयरभाउ ३.५ प्रतिशतले बढेको छ र योसँगै कम्पनीको बजार पुँजीकरण ३.३४ ट्रिलियन डलर पुगेको छ। माइक्रोसफ्टको शेयरभाउ ०.५ प्रतिशत र एप्पलको शेयरभाउ १.१ प्रतिशतले घटेको छ। माइक्रोसफ्ट अहिले ३.३२ ट्रिलियन डलरको साथ विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो। एप्पल ३.२७ ट्रिलियन डलरको साथ तेस्रो स्थानमा छ।

Esewa
Crest

एनभिडियाको शेयर यस वर्ष १७४ प्रतिशतले बढेको छ भने अघिल्लो वर्ष २३९ प्रतिशतले बढेको थियो। चालु वित्त वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी २६२ प्रतिशत र नाफा ४६२ प्रतिशतले बढेको छ।

पछिल्लो समय एआई चिप्सको माग निकै बढेको छ। सान्ता क्लारा मुख्यालयको कम्पनी एनभिडियाले यसबाट सबैभन्दा बढी फाइदा उठाएको छ। विश्वमा एआई चिप बिक्रीमा एनभिडियाको हिस्सा करिब ७० प्रतिशत छ। यही कारण विश्वभरका विश्लेषकले कम्पनीको शेयरभाउ अझै बढ्न सक्ने अनुमान गरेका छन्।

एनभिडियाका संस्थापक र सीईओ जेन्सेन हुआंगले हालै एनभिडियाले सन् २०२६ मा आफ्नो सबैभन्दा एड्भान्स एआई चिप प्लेटफर्म रुबिन लन्च गर्ने बताएका थिए।

हुआंगले एनभिडियाको स्थापना सन् १९९३ मा गरेका थिए। एनभिडियामा उनको ३.५ प्रतिशत शेयर स्वामित्व रहेको छ। एनभिडियाको शेयरभाउमा आएको उछालसँगै हुआंग मुकेश अम्बानी र गौतम अडानीलाई पछि पार्दै विश्वका शीर्ष धनाढ्यको सूचीमा १२ औँ स्थानमा पुगेको छ। उनको कुल सम्पत्ति ११९ अर्ब डलर रहेको छ। मुकेश अम्बानी ११३ अर्ब डलरका साथ १३ औँ स्थानमा र गौतम अडानी १०८ अर्ब डलरका साथै १४ औँ स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS