IME Life New

एलआईसी भारतको भन्दा ठूलो आइपीओ ल्याउँदै यो कम्पनी, ३ अर्ब डलर जुटाउने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अटो क्षेत्रको दिग्गज कम्पनी हुन्डाईले भारतकै सबैभन्दा ठूलो आईपीओ ल्याउने भएको छ । अटो कम्पनीले सेबीमा ड्राफ्ट पेपर पेस गरिसकेको छ। त्यसपछि अबमात्र स्वीकृतिको पर्खाइ छ।

कम्पनीले भारतीय शेयर बजारबाट करिब ३ अर्ब डलर (लगभग भारु २५ हजार करोड) बराबरको रकम उठाउने प्रयास गर्नेछ। योजनाअनुसार प्रक्रिया अघि बढ्यो र कम्पनीले सोही रकम जुटाउन मामिलामा यो भारतकै सबैभन्दा ठूलो आईपीओ हुनेछ।

Esewa
Crest

हालसम्म एलआईसीले भारतकै सबैभन्दा ठूलो आईपीओ ल्याउने कीर्तिमान राखेको छ । एलआईसीले सन् २०२२ मा २.७ अर्ब डलर जुटाउन आईपीओ जारी गरेको थियो।

सेबीमा पेस गरिएका कागजातअनुसार हुन्डाई मोटर्सको आइपीओ पूर्ण रुपमा बिक्रीका लागि प्रस्ताव हुनेछ। यसअन्तर्गत संस्थापकले भारु १० अंकित मूल्यमा १४.२ करोड कित्ता शेयर बिक्री गर्नेछन् ।

रोयटर्सको रिपोर्टका अनुसार हुन्डाई मोटरले आईपीओअन्तर्गत नयाँ शेयर जारी गर्ने छैन। दक्षिण कोरियाली मूल कम्पनीले पूर्ण स्वामित्वमा रहेको इकाइमा आफ्नो शेयरको एक अंश खुद्रा र अन्य लगानीकर्तालाई बिक्री गर्नेछ। आवश्यक परेमा कम्पनीले प्रि–आइपीओ राउन्डमा पनि लगानी गर्न सक्नेछ ।

यात्रुवाहक सवारी बिक्रीको मात्राका आधारमा यो कम्पनी आर्थिक वर्ष २०२४ मा मारुती सुजुकीपछिको दोस्रो ठूलो कम्पनी हो। मारुती सुजुकीको बजारपुँजी लगभग ४८ अर्ब डलर छ। मारुती सुजुकीको आइपीओ सन् २००३ मा आएको थियो । यस्तो अवस्थामा भारतमा २० वर्षपछि अटो निर्माता कम्पनीको आइपीओ आउँदैछ । हुन्डाई मोटर इन्डियाले आइपीओमार्फत १८ देखि २० अर्ब डलरसम्मको मूल्यांकन हासिल गर्ने लक्ष्य राखेको छ ।

अमेरिका र दक्षिण कोरियापछि हुन्डाईले भारतमा सबैभन्दा बढी आम्दानी गर्छ। यो कम्पनीले आईपीओ ल्याएर पुँजीकरण बढाउन सक्छ । साथै, यसले बजारमा छिटो आफ्नो क्षमता विस्तार गर्न सक्छ। हुन्डाईले सार्वजनिक बजारमा आफ्नो प्रवेशलाई सहज बनाउन र यसलाई सफल बनाउन कोटक महिन्द्रा, सिटीबैंक, मोर्गन स्टेनली, जेपी मोर्गन र एचएसबीसी जस्ता लगानी बैंकसँग जोडेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS