काठमाडौं । शेयर बजार बुधबार पनि बढेको छ। नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा ११९ कम्पनीको शेयरभाउ उकालो लागेको छ। ११५ कम्पनीको शेयरभाउ घट्दा १३ कम्पनीको स्थिर रहेको छ।
शेयर बजारका कारोबार रकम भने दैनिकजसो बढिरहेको छ। आज ५ अर्ब ८९ करोड माथिको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड ६३ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः २४ करोड ४८ लाख रुपैयाँ
- ग्रीनलाइफ हाइड्रोपावरः १९ करोड ९५ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः १४ करोड ३० लाख रुपैयाँ
- सोनापुर मिनरल्सः १४ करोड ३ लाख रुपैयाँ
- सानिमा जीआईसी इन्स्योरेन्सः १२ करोड ७५ लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः १० करोड २९ लाख रुपैयाँ
- ग्लोबल आइएमई लघुवित्तः १० करोड ३ लाख रुपैयाँ
- शिवम सिमेन्टः ९ करोड २२ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः ८ करोड ६९ लाख रुपैयाँ