IME Life New

वैदेशिक रोजगारीको प्रलोभनः ३०० जनाबाट १५ करोड ठगी, मुख्य योजनाकारसहित ३ पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा सयौँ मानिसबाट करोडौँ ठगी भएको घटनाको पर्दाफास भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलनमार्फत यो ठगी प्रकरणको पर्दाफास गरेको हो। कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देशमा रोजगारीका लागि पठाइदिने भन्दै करोडौँ रकम ठगी आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चितवन भरतपुरका २८ वर्षीय राजकुमार भट्ट, कास्की पोखराका २३ वर्षीय पवन पन्त र पोखराकै २२ वर्षीय नवीन विक छन्।

Esewa
Crest

पक्राउ परेकाहरुको गिरोहले ३०० जनाभन्दा बढीबाट करिब १५ करोड रुपैयाँ ठगी गरेको आरोप छ। यो ठगी धन्दाको मास्टर माइन्ड भट्ट रहेको प्रहरीले जनाएको छ। ‘यो घटनामा अरुको पनि संलग्न रहेको हुन सक्ने देखिएको छ’, कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले भने, ‘उनीहरुको खोजी भइरहेको छ।’

यो गिरोहले फेसबुक, ह्वाट्सअपजस्ता सामाजिक सञ्जालमा रविन आलेमगर, मनोजजंग थापा, महेश थापालगायतको नक्कली आईडी खोलेका थिए। ‘तिनै नक्कली आईडी प्रयोग गरी उनीहरुले विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाउने भनेर विज्ञापन हाल्ने गरेको अनुसन्धानबाट खुलेको छ’, एसपी रेग्मीले भने, ‘आकर्षक तलबभत्ता हुने विज्ञापनले गर्दा धेरैले उनीहरुलाई सम्पर्क गर्ने गरेका थिए। फेसबुकमार्फत नै कुराकानी गर्ने, विश्वासमा पारेर त्यहीँबाट खातामा पैसा हाल्न लगाउने गरेको भेटियो।

भट्ट नेतृत्वको यो गिरोहले प्रतिव्यक्ति ५ लाखदेखि १० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरुले नक्‍कली भिसा, वर्क पर्मिट, होटल बुकिङ, प्रहरी रिपोर्टलगायतका कागजातहरु अनलाइनबाट पठाउने र टिकट र डलर साट्‍न भनेर थप रकम मागेर ठगेको खुलेको छ।

त्यसरी पठाइएको पैसा डिपोजिट गरिएका कम्पनीमा लेखापालको काम दिन्छु भनी बैंक खाता प्रयोग भएका सुनबहादुर बुढा, राजकुमार बस्नेत, प्रभाकर भट्टराई, हरिबबहादुर कामी, शेरबहादुर तामाङ, राजेश श्रेष्ठलगायतको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। तीमध्ये बस्नेत हाल कारागारमै रहेको र अन्य वैदेशिक रोजगार विभागको न्यायाधीकरणको फैसला धरौटीमा छुटेका छन्। ‘ठगी गिरोहको कुनै कार्यालय नभए पनि ती व्यक्तिलाई काम दिने र मासिक ३० हजारदेखि ४० हजार रुपैयाँसम्म तलब दिने आश्वासन दिइएको थियो’, उनले भने, ‘उनीहरुलाई काम दिनेभन्दा पनि उनीहरुको बैंक खाता दुरुपयोग गर्नका लागि प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ।’

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS