IME Life New

शेयर बजार लयमा फर्किन लागेकै हो ? यसो भन्छन् जानकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारको आजको बढाइले लगानीकर्ताको मनोबल बढ्दै गएको देखिन्छ। केही सुखद् खबरले लगानीकर्ता हौसिँदा बजारले लय लिन थालेको संकेत गरेको बजार जानकारहरु बताउँछन्।

लामो समयदेखि झिनो अंकले तलमाथि गरिरहेको बजार आज ३३ अंकले बढेको छ। कारोबार रकम पछिल्लो केही दिनदेखि बढ्दै गइरहेको छ। आज साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

Esewa
Crest

बजार जानकार गोविन्दप्रसाद घिमिरे ब्याजदर घट्ने संकेतले बजार बढेको हुन सक्ने बताउँछन्। ‘अर्कोतर्फ शेयर लोनको ब्याज पनि करिब–करिब सिंगल डिजिटमै आइसकेको छ’, उनले भने, ‘यसले शेयर बजारमा थप लगानी भित्रिने वातावरण बनेको छ।’

घिमिरे अहिले लगानीको सिजन पनि रहेको बताउँछन्। ‘लगानीकर्ताहरु आगामी आर्थिक वर्षको मौद्रिक नीति केही न केही सकारात्मक नीति नै आउनेमा ढुक्क छन्’, उनले भने, ‘त्यसैले अहिले शेयर उठाएर साउन–भदौमा बेच्दा राम्रो प्रतिफल प्राप्त गर्न सकिने आशा लगानीकर्तामा देखिन्छ।’

बजार बढ्नलाई नीतिगत व्यवस्थामा परिवर्तन हुनै पर्ने घिमिरेको भनाइ छ। ‘पछिल्लो समय राष्ट्र बैंक पनि लचिलो बन्दै गएको छ, आगामी आर्थिक वर्षको मौद्रिक नीति थप लचिलो ल्याउने संकेत पनि गभर्नर महाप्रसाद अधिकारीले दिइरहेका छन्’, उनले भने, ‘त्यसैले लगानीकर्ताको मनोबल बढेको देखिन्छ।’

यो बेला राम्रा र बलिया कम्पनीमा लगानी गर्दा उचित प्रतिफल प्राप्त गर्न सकिने घिमिरे बताउँछन्।

अर्का बजार जानकार प्रेम ओली पनि अहिले लगानीको सिजन रहेको बताउँछन्। ‘अहिले किनेको शेयर साउन–भदौतिर बेच्दा २५–३० प्रतिशतसम्म रिटर्न आउन सक्छ’, उनले भने।

केही दिनयता कारोबार बढ्नुले पनि बजारले लय लिन थालेको संकेत गरेको ओलीको भनाइ छ। ‘ब्याजदर थप घट्ने खबर आइरहेका छन्’, उनले भने, ‘यही खबरले बजार बढ्न मद्दत पुगेको छ।’

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक नै रहनु र रेमिट्यान्स पनि राम्रै भित्रिनुले शेयर बजारमा चमक फर्किएको हुन सक्ने ओली बताउँछन्। ‘संस्थागत लगानीकर्ता पनि भित्रिन थालेका छन्, ट्रेडर पनि प्रवेश गरेका छन्’, उनले भने, ‘यी सबै कुराले अब बजारले लय समात्न थालेको बुझ्न सकिन्छ।’

कम्पनीहरुको राम्ररीसँग अध्ययन गरेर लगानी गर्दा प्रतिफल पनि आशा गरेअनुरुप प्राप्त गर्न सकिने ओलीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS