IME Life New

यो देशमा पेट्रोल सबैभन्दा सस्तो, रु. ५८ मै ट्यांकी फुल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो भण्डार दक्षिण अमेरिकी देश भेनेजुएलामा छ। धेरै वर्षदेखि संसारकै सस्तो तेल यही देशमा उपलब्ध थियो तर अहिले अवस्था फेरिएको छ। आज दुई देश त्योभन्दा अगाडि गएका छन्।

अहिले विश्वमा सबैभन्दा सस्तो तेलको हिसाबले इरान पहिलो र लिबिया दोस्रो स्थानमा छ। पश्चिम एसियाली राष्ट्र इरानमा पनि तेलको ठूलो भण्डार छ। यो देशमा पेट्रोलको मूल्य प्रतिलिटर ०.०२९ डलर छ। नेपाली मुद्राको हिसाबले हेर्ने हो भने यो रकम साढे ३.८५ रुपैयाँबराबर हुन आउँछ। अर्थात मोटरसाइकलमा १५ लिटरको ट्यांकी फुल गर्न करिब ५८ रुपैयाँ खर्च गरे पुग्छ।

Esewa
Crest

हाल काठमाडौं प्रतिलिटर पेट्रोलको भाउ १६८.५ रुपैयाँ छ। यदि १५ लिटरको ट्यांकी फुल गर्ने हो भने २ हजार ५२७.५ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

इरानपछि विश्वको सबैभन्दा सस्तो तेल उत्तर अफ्रिकी देश लिबियामा उपलब्ध छ। यो देशमा पेट्रोलको मूल्य प्रतिलिटर ०.०३१ डलर छ। अहिले भेनेजुएलामा पेट्रोलको मूल्य ०.०३५ डलर रहेको छ। इजिप्ट, कुवेत, अल्जेरिया, नाइजेरिया, कजाकिस्तान, रुस, साउदी अरेबिया, युएई, इन्डोनेसिया र पाकिस्तानमा पेट्रोलको मूल्य १ डलरभन्दा कम छ। –एनेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS