Connect IPS
IME Life

बंगलादेशमा जीवन बीमा कम्पनीको भीडमा अर्को एउटा कम्पनी थपिंदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दक्षिण एशियाली छिमेकी मुलुक बंगलादेशमा जीवन बीमा कम्पनीको इजाजत पत्रका लागि थप एक कम्पनीले प्रस्ताव गरेको छ । १७ करोड जनसंख्या रहेको त्यहाँ यसअघि नै ३६ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन्, जसमध्ये अधिकांशको वित्तीय अवस्था ज्यादै नाजुक छ ।

डेली स्टार अखबारका अनुसार सेफ लाइफ इन्स्योरेन्स नामबाट प्रस्तावित कम्पनीले इजाजत पत्रका लागि निवेदन दर्ता गराएको हो । कम्पनीको प्रस्तावित अध्यक्ष शेख कबीर हुसेन हुन्, जो हाल सोनार बंगला इन्स्योरेन्स र फारेस्ट इस्लामी लाइफ इन्स्योरेन्स कम्पनी, दुबैको सञ्चालक समिति अध्यक्ष हुन् । उनी बंगलादेश बीमा संघका अध्यक्ष पनि हुन् ।

Prabhu
Crest

द डेली स्टारसँगको कुराकानीमा हुसेनले केही बाहेक अधिकांश जीवन बीमा कम्पनीको वित्तीय अवस्था ज्यादै खराब रहेको स्वीकार्दै भने, ‘नयाँ कम्पनीमा राम्ररी व्यवस्थापन गर्न सक्छु र यसबाट देशका जनता लाभान्वित हुनेछन्’।

बीमा विकास तथा नियमन प्राधिकरण बंगलादेशको कमजोर नियमनका कारण अधिकांश जीवन बीमा कम्पनीहरूले बीमितलाइ दाबी भुक्तानी गर्नै नसक्ने अवस्थामा छन् । बंगलादेशी जीवन बीमा कम्पनीमा सञ्चालक समिति र उच्च व्यवस्थापनको मिलेमतोमा जीवन बीमा कोषको रकम निजी प्रयोजनमा दुरूपयोग गरेका छन् । जीवन बीमा कम्पनीको शेयरमा एक पैसा लगानी नै नगरी संस्थापक शेयरधनीको हैसियत प्राप्त गरेर सञ्चालक समितिमा नियुक्ति समेत लिएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS