IME Life
GBIME

आज भारतमा मतगणना, के मोदी तेश्रो पटक प्रधानमन्त्री बन्लान् ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भारत लोकतन्त्रको राम्रो र सफल अभ्यास भएको मुलुकको शिर्ष स्थानमा पर्छ र भारतमा चुनावलाई लोकतन्त्रको उत्सवको रुपमा हेरिन्छ । यही क्रममा आज जुन ४ मा भारतमा लोकसभा चुनावको मतगणना सार्वजनिक हुने दिनको हो । सात चरणमा चलेको चुनाव जुन १ मा अन्तिम चरणको चुनाव भएको थियो । नेपाली समय विहानको ८:१५ बाट गणना सुरु हुने छ ।

लोकसभा चुनाव मार्फत केन्द्रिय सरकारको छिनोफानो हुने गर्दछ ।  हाल सम्पन्न २०२४ को लोकसभा चुनावमा दुई गबन्धनको बिचमा चुनावी भिडन्त भएको पाइन्छ । भारतीय जनता पार्टी ( बिजेपी) ले लिड गरेको एनडीए गठबन्धन र कंग्रेसको नेतृत्वको इन्डिया गठबन्धन ।

Crest

यस अघिका दुई चुनाव:  सन् २०१४ र २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट चुनाव लडेको बिजेपीले लगातार दुई कार्यकाल केन्द्रिय सरकारको नेतृत्व गरिसकेको छ । अहिले पनि बिजेपीले आफ्नो गठबन्धन एनडीएले ४०० सिट ल्याउने भनेर चुनाव लडेको पाइन्छ । हाल लोकसभामा ५४३ सिट छन् र बहुमतको लागि २७२ सिटको आवश्यकता पर्छ ।  सन् २०१९ को चुनावमा बिजेपी एक्लैको ३०३ सिट थियो भने उसको गठबन्धन एनडीएको ३५३ सिट थियो । अघिल्लो चुनावमा गठबन्धन बिना नै सरकार बनाउने अवस्थामा बिजेपी थियो ।

मोदी लोकप्रियता :  एनडीए गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई केन्द्रमा राखेर चुनाव प्रसार प्रसार गरेको थियो  । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकाल जिताउन एनडीए गठबन्धनका नेता, कार्यकर्ताले भोट मागेका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा निकै उच्च स्थान बनाउन सफल नरेन्द्र मोदीको क्रेज निकै राम्रो र बलियो रहेको छ । यो चुनाव एनडीएले मोदीको नाममा लडेकाले एनडीएले २०१९ को भन्दा राम्रो गर्ने एनडीए नेता, कार्यकर्ताको विश्लेषण रहेको छ ।

इक्जिट पोल : चुनाव पछि आएका विभिन्न एक्जिट पोलका अनुसार एनडीएको स्पष्ट बहुमत आउने देखिएको छ । एक्जिट पोलको नतिजाले एनडीए गठबन्धन निकै खुशी छ भने विपक्षी इन्डिया गठबन्धन यो कुरा मान्न तयार छैन ।  विपक्षी गठबन्धनले २९५ सिट ल्याउने दावी गरेका छन्।

सम्भव होला ४०० पार :  विभिन्न एक्जिट पोललाई आधार मान्दा एनडीएको स्पष्ट बहुमत देखिए पनि ४०० पार थोरैको मात्र एक्जिट पोलमा देखिएको छ । एक्जिट पोलका अनुसार बिजेपीले अघिल्लो चुनावमा निकै राम्रो गरेको राजस्थान, विहार, हरियाणा जस्ता राज्यमा थोरै सिट घट्ने सम्भावना देखाएको छ । ४०० पारलाई रोक्न यी राज्यले असर गर्ने राजनैतिक विश्लेषकको दावी छ तर यो पटक दक्षिण बेल्टमा बिजेपीले सिट बढाउने आधार तय भएको अनुमान लगाउन सकिन्छ । दक्षिण बेल्ट बिजेपीको निकै कमजोर क्षेत्र हो तर  यस अघिका दुई चुनावमा बिजेपीले त्यस क्षेत्रमा भोट प्रतिशत वृद्धि गर्दै आएको छ । केरल जस्ता राज्य जहाँ  बिजेपी निकै कमजोर देखिन्थ्यो त्यहाँ केही सिट जित्ने आकलन  केही एकजिट पोलले गरेका छन् ।  बिजेपी पार्टीको लोकप्रियता दक्षिणमा कम भए पनि प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता धेरै भएको र यो चुनाव एनडीए गठबन्धनले  प्रधानमन्त्रीनरेन्द्र मोदीको नामबाट लडेकाले पनि दक्षिणमा २०१९ को भन्दा निकै राम्रो प्रदर्शन हुने अनुमान राजनैतिक विश्लेषकले गरेका छन् । 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS