IME Life New

तेल उत्पादन कटौतीलाई २०२५ सम्म जारी राख्ने ओपेकको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबिया र सहयोगी तेल उत्पादक देशहरुको संगठन ओपेकले उत्पादन कटौती अर्को वर्ष २०२५ सम्म लम्ब्याएको छ। पश्चिम एसियामा उथलपुथल र गर्मीयामको सिजन सुरु भइरहँदा पनि तेलको मूल्य नबढेकोले ओपेकले यो कदम चालेको हो। तर, तेलको मूल्यमा लगातार गिरावट आएपछि पनि उत्पादन कटौती गर्ने निर्णय लम्ब्याउन सहमति भएको हो।

ओपेक र अन्य देशको गठबन्धनले आफ्नो उत्पादन स्तर स्थिर राख्न अनलाइन बैठकमा निर्णय गरेको छ। रुस पनि यी देशमा समावेश छ। यसअन्तर्गत ३१ डिसेम्बर २०२५ सम्म प्रतिदिन २० लाख ब्यारेलको सामूहिक कटौती समावेश गरिएको छ।

Esewa
Crest

साउदी अरेबियालाई युवराज मोहम्मद बिन सलमानको महत्वाकांक्षी योजनाका लागि आवश्यक कोष जुटाउन तेलको मूल्य उच्च रहन आवश्यक हुन्छ।

पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय मापदण्डको तेल ब्रेन्टको मूल्य प्रतिब्यारेल ८१ देखि ८३ डलरको बीचमा रहेको छ। उच्च ब्याजदर, युरोप र चीनको अपेक्षाभन्दा कम आर्थिक वृद्धि र अमेरिकी शेल उत्पादकहरुसँगै गैरओपेक उत्पादनमा भएको वृद्धिका कारण मूल्य दबाबमा रहन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS