IME Life New

एलआईसी भारतका बीमितलाई ठूलो राहात, अब ४८ घन्टाभित्र पोलिसी समर्पणको पैसा पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी)का बीमितलाई राहातको खबर आएको छ। बीमितलाई सहज समाधानका उपाय प्रदान गर्ने संस्था एसेसो (एसीईएसओ)ले असाइनमेन्ट अफ लाइफ इन्स्योरेन्स पोलिसिज (एएलआईपी) प्लेटफर्म सुरु गरेको छ। यो प्लेटफर्म जीवन बीमा पोलिसीको एक असाइनमेन्ट हो। जसले पोलिसी समर्पण वा ल्याप्सको विचार गर्ने बीमितलाई ठूलो राहत प्रदान गर्न गइरहेको छ।

जीवन बीमा पोलिसीधारकले यस प्लेटफर्मको सहयोगमा सजिलैसँग आफ्नो समर्पण मूल्य प्राप्त गर्न सक्नेछन्। एएलआईपी, एस्सेटो इन्डोमेन्ट सर्भिसेज प्रालिद्वारा सञ्चालित एलआईसी पोलिसीधारकलाई अधिकतम मूल्य र लाभ प्रदान गर्न डिजाइन गरिएको हो।

Crest

एएलआईपी आत्मसमर्पण मूल्यको विचारभन्दा अगाडि बढेर बीमितको आकस्मिक मृत्यु वा बीमितको प्रिमियम चुक्ता भएमा असाइनमेन्टको मितिदेखि परिपक्वता मितिसम्मका लागि इयरवाइज जीवन कभरेज लाभ प्रदान गर्दछ। यो सबै एक स्वतन्त्र एसपीभी ट्रस्टद्वारा प्रदान गरिएको छ। जसको व्यवस्थापन भारतको सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्डमा दर्ता भएको कम्पनीद्वारा गरिन्छ।

एसेसोका अनुसन्धान र रणनीतिक अधिग्रहण प्रमुख रन्जित कुलकर्णीले भने, ‘एलआईसीको एन्डोमेन्ट पोलिसीले कुल जारी पोलिसीको ८० प्रतिशत हिस्सा ओगटेको छ, जसले बीमा परिदृश्यमा महत्वपूर्ण भूमिका खेलेको छ, यद्यपि यी पोलिसीको ५० प्रतिशत म्याद अघि नै समाप्त हुन्छ या त यो आत्मसमर्पण हुन्छ वा यो समाप्त हुन्छ।’

कुलकर्णीले थपे, ‘एसेसोले एलआईसी पोलिसी लिएका व्यक्तिलाई उनीहरुको भविष्यको जीवन कभरेजको सुरक्षा गर्दै आफ्नो बीमा पोलिसीको मूल्यलाई सुरक्षित राख्ने सुनिश्चित गर्नका लागि एक सरल विकल्प प्रदान गर्दछ।’

एएलआईपीको मद्दतले बीमितले छिटो प्रक्रियामा कम समयमा आफ्नो भुक्तानी प्राप्त गर्न सक्षम हुनेछन्। एएलआईपीअन्तर्गत सबै आवश्यक कागजात पूरा गरेपछि सामान्यतया ४८ घन्टाभित्र भुक्तानी गरिनेछ। यसबाहेक कागजात र केवाईसी प्रक्रिया जतिसक्दो चाँडो अनलाइन पूरा हुन्छ। जसले गर्दा दुवै बीमित र उसको एलआईसी एजेन्टले कुनै पनि समस्याको सामना गर्नुपर्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS