IME Life New

सस्तो भयो मारुतीका कार, यी मोडलमा घटाइयो मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले कारको मूल्य घटाएको छ। एक्सचेन्ज फाइलिङका अनुसार कम्पनीले जुन १ मा अटो गियर सिफ्ट (एजीएस) लाइनअपका विभिन्न मोडलको मूल्य घटाएको हो।

यो मूल्य कटौती अल्टो के१०, एस–प्रेसो, सेलेरियो, वागेन–आर, स्विफ्ट, डिजायर, बलेनो, फ्रोनएक्स र इग्निजलगायत धेरै मोडलमा लागू गरिएको कम्पनीले जनाएको छ। कम्पनीले एक आधिकारिक विज्ञप्तिमा मूल्य कटौतीबारे खुलाएको छ। तर, मूल्य घटाउने निर्णयको पछाडि कुनै ठोस कारण भने बताइएको छैन।

Esewa
Crest

यद्यपि, कम्पनीले आफ्नो एजीएस भेरियन्टहरुलाई अझ सस्तो बनाउन आफ्नो मनसायलाई जोड दिएको छ। कम्पनीले शनिबार (जुन १) मा आफ्ना सबै मोडलको एजीएस भेरियन्टमा मूल्य कटौती गरेको घोषणा गरेको थियो। कम्पनीले विभिन्न मोडलको मूल्य भारु ५ हजार घटाएको छ।

एजीएस एक स्वचालित प्रसारण प्रविधि हो। जसले म्यानुअल र अटोमेटिक ट्रान्समिसनका फाइदा संयोजन गर्दछ। यो अटोमेटिक ट्रान्समिसनमा इन्टेलिजेन्ट सिफ्ट कन्ट्रोल एक्चुएटर समावेश छ। जुन ट्रान्समिसन इलेक्ट्रोनिक कन्ट्रोलर युनिटद्वारा सञ्चालित हुन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%
happy

खुसी

7%
sad

दु :खी

14%
amazed

अचम्मित

7%
excited

उत्साहित

64%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS