IME Life New

विदेशी कामदार भित्र्याउन सहज नीति ल्याउँदै जर्मनी, ४ लाख युवालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जर्मनीले विदेशी कामदार भित्र्याउन सहज नीति ल्याउन लागेको छ। जर्मनीले थप दक्ष कामदार खोजिरहेको छ र योग्य विदेशी नागरिकलाई भित्र्याउन नयाँ नीति ल्याउन लागेको हो।

जर्मनीले ल्याउन लागेको नयाँ नीतिलाई ‘अपरच्युनिटी कार्ड’ भनिएको छ। यो नीतिअन्तर्गत गैरयुरोपेली नागरिकलाई १ वर्ष काम गर्न जर्मनी जान अनुमति दिइनेछ।

Esewa
Crest

अपरच्युनिटी कार्डलाई अर्को अर्थमा चान्सेनकोर्टे पनि भनिन्छ। यो आइडिया पहिलोपटक सन् २०२२ मा विदेशी कामदारलाई जर्मनीमा रोजगारी खोज्न सजिलो बनाउने तरिकाका रुपमा प्रस्तुत गरिएको थियो। यो अब जुन १ मा लागू हुँदैछ। जर्मनीले देशमा आफ्ना युवा र दक्ष कामदारको अभाव पूर्ति गर्न यो नीति अपनाउन लागेको हो।

विशेषगरी इन्जिनियरिङ, आईटी र स्वास्थ्य सेवाका क्षेत्रमा कमीलाई पूरा गर्न जर्मनीलाई वर्षमा ४ लाख नयाँ दक्ष कामदार आवश्यक पर्छ।

अपरच्युनिटी कार्डे अस्थायी भिसा वा कार्य अनुमति जस्तै काम गर्दछ। गैरयुरोपेली नागरिकलाई एक वर्षसम्म देशमा बस्न अनुमति दिन्छ। यस अवधिमा अपरच्युनिटी कार्डधारकलाई प्रतिहप्ता २० घन्टाभन्दा बढीको काम गर्न अनुमति दिइन्छ।

यसको उद्देश्य दक्ष विदेशी कामदारलाई उपयुक्त रोजगारी खोज्न सजिलो बनाउनु र कामदारको आवश्यकता परेका कम्पनीलाई सहज बनाउनु रहेको छ। यदि अपरच्युनिटी कार्डधारकले पूर्ण समयको जागिरमा परिवर्तन गर्न चाहन्छ भने उसले लामो अवधिको बसोबासका लागि आवेदन दिन सक्छन्।

अपरच्युनिटी कार्डका लागि आवेदन दिन कम्तीमा २ वर्षको व्यावसायिक तालिम पूरा गरेको हुनुपर्छ वा मूल देशबाट विश्वविद्यालयको डिग्री लिएको हुनुपर्दछ। आवेदक जर्मन वा अंग्रेजीमा दक्ष हुन आवश्यक रहेको छ। इच्छुकले जर्मनीमा १ वर्षका लागि आफ्नो बसाइ कभर गर्न रोजगारी सम्झौताअन्तर्गत १२ हजार युरोभन्दा बढीको तलबी प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ। जर्मनीमा मान्यता प्राप्त व्यावसायिक योग्यता होल्ड गर्न वा शिक्षक, नर्स वा इन्जिनियरजस्ता नियमन गरिएको पेसा अभ्यास गर्ने अनुमति प्राप्त गर्नका लागि ४ अंक उपलब्ध हुने बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS